एकताको २३ औँ साधरण सभा सम्पन्न

0
110

तीर्सना राई

बेलबारी : एकता बचत तथा ऋण सहकारी संस्थाको २३ औँ साधरण सभा शनिवार सम्पन्न भएको छ । कार्यक्रम बेलबारी-१, तमु गुम्बामा भएको हो ।

सभाले सदस्यहरूको छोरा–छोरीहरू मध्येबाट शिक्षामा अब्बल दुई जनालाई पुरस्कृत गरेको थियो । त्यस्तै गरी संस्थाले असल बचत गर्ने सात जना, असल ऋणी दुई जना र उत्कृष्ट बचत कर्ता एक जनालाई पुरस्कृत गरेको थियो ।

सोहL अवसरमा तीन जना जेष्ठ नागरिकहरूलाई संस्थाले सम्मान समेत गरेको थियो । मोरङ जिल्ला वचत तथा ऋण संस्थाका जिल्ला कोषाध्यक्ष एकराज निरौलाले कार्यक्रममा पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए । कार्यक्रम संस्थाकी अध्यक्ष सीता खुलालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here