४ हजार ४८२ उम्मेदवारले पाए चुनाव चिन्ह

0
75

काठमाडौं : दोस्रो चरणमा आउँदो २१ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य चुनावका लागि उम्मेदवारी मनोनयन दर्ता गरेका मध्ये ४ हजार ४८२ जना उम्मेदवाहरुलाई आज ४५ जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ ।

१६ कात्तिकमा प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभा सदस्यतर्फ २५६ पदका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुको कुल संख्या ४ हजार ७४७ कायम रहेकोमा आइतबार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि जम्मा ४ हजार ४८२ जना उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ ।

अन्तिम विवरण अनुसार दुईजनाको उम्मेदवारी रद्द, चारजनाको दाबी विरोधबाट खारेज र २५९ जनाले उम्मेदवारी फिर्ता गरी जम्मा २६५ जना व्यक्तिको नाम उम्मेदवारहरुको सूचिबाट हटेको छ । चुनवा चिन्हा पाएका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले सोमबारदेखि प्रचार प्रसार तीब्र पार्ने छन् ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here