बाम गठबन्धनका बागीमध्‍ये एकले उम्मेद्वारी फिर्ता लिए, एकले लिएनन्

0
107

नयाँ बुलन्द

इलाम : आसन्न प्रदेशससभा सदस्य निर्वाचनका लागि बाम गठबन्धनका उम्मेद्वार विरुद्ध बागी उम्मेद्वारी दिएका इलामका दुईमध्ये एक जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । एकले आफ्नो उम्मेद्वारी कायम राखेका छन् ।

बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका पोलिब्युरो सदस्य धिरेन शर्मा (रवण) ले उम्मेदवारी दिएको इलामको क्षेत्र नम्बर २ (२) मा एमालेका बागी हर्कप्रसाद साँवाले आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले जनाएको छ ।

आइतबार उनले बागी उनले उम्मेद्वार फिर्ता लिएका हुन् । शर्माका विरुद्ध बागी बनेका माओवादी केन्द्रकै डिपेन्द्र बस्नेतले भने उम्मेद्वारी फिर्ता लिएनन् । बस्‍नेतले स्वतन्‍त्र उम्मेद्वारी दिएका छन् ।

इलामको क्षेत्र नम्बर २ (२) मा वाम गठबन्धनका तर्फबाट शर्माले प्रदेशसभातर्फ टिकट पाएका छन् भने कांग्रेसबाट जिल्ला सचिव खगेन्द्र देवानले उम्मेदवारी दिएका छन् ।

जिल्लामा अब एक स्वतन्त्र सहित ५१ जनाले चुनावी मैदानमा प्रतिष्पर्धा गर्ने निश्चित भएको छ । प्रतिनिधिसधा सदस्यका लागि क्षेत्र नम्बर १ मा अाठ र २ मा १० पार्टीका गरी १८ जना उम्मेद्वारी चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा बाम गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ मा एमाले नेता झलनाथ खनालसँग कांग्रेसका भुपेन्द्र कट्टेल र २ मा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङसँग कांग्रेसबाट पूर्व सांसद केशव थापाले प्रतिष्पर्धा गर्दैछन् ।

त्यस्तै प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर १ (१) मा सात, १ (२) मा सात, २ (१) मा सात र २ (२) मा ११ पार्टीका ३२ र एक स्वतन्त्र गरी ३३ जनाले चुनावी प्रतिष्पर्धा गर्नेछन् ।

प्रदेशसभामा बाम गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ (१) मा एमालेका खिनु लङ्वा लिम्बूसँग कांग्रेसका देवेन्द्रकुमार राई, १ (२) मा एमालेका काजीमान कागतेसँग कांग्रेसका दुर्गा बराल, २ (१) बाट एमालेका रामबहादुर रानासँग कांग्रेसका डम्बर खड्का चुनावी प्रतिष्पर्धामा छन् ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here