बेलबारी साहित्य विकासको प्रथम अधिवेसन सम्पन्न

0
257

ऋषी राई

बेलबारी : नेपाल कै पहिलो स्थानिय निकायद्वारा मान्यता प्राप्त बेलबारी साहित्य विकास समितिको प्रथम अधिबेसन सम्पन्न भएको छ ।

आज भएको अधिबेसनले रेखा सुवेदीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिचि निर्माण गरेको छ । उपाध्यक्षमा रमेश निरौला र तिला गौतम, सचिवमा धनजित पराजुली, सहसचिवमा बादलदेवी चाम्लिङ, कोषाध्यक्षमा नारायण राई, सहकोषाध्यक्षमा लक्ष्मी सुवेदी रहेका छन् ।

त्यसै गरी सदस्यहरूमा हस्त थापा, गणेश लामा, भिमकुमार राई, विमला तिमल्सीना सुवेदी, गणेश वि.क, सञ्जय गिरी, लिलाराम राई र प्रशान्त निरौला रहेका छन् । सोहि अधिवेसनले गोपाल नेपालको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति पनि निर्माण गरिएको छ । सदस्यहरूमा सीतल राय र सुभद्रा गौतम रहेका छन् ।

सिक्किममा जस्तो राज्यको लगानिमा स्थानिय स्तरमा रहेको भाषामा, संस्कृतिमा साहित्य सृजना गर्नु पर्ने कुरामा कार्यक्रमका विशिष्ट अतिथि तथा साहित्यकार द्वोय हर्कमान तामाङ र अनिल पौडेलले जोड दिए । कार्यक्रममा तामाङ भाषाका शब्दकोष निर्माता रमेश लामा, हाइकुकार इरान राई लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम साहित्य विकास समिति बेलबारीकी अध्यक्ष रेखा सुवेदीको अध्यक्षतामा सञ्चालन भएको थियो । भने कार्यक्रमलाई समिति सचिव तीला लेकालीले सञ्चालन गरेकी थिईन् ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here