विदा हुनुपर्ने माग राख्दै आदिवासी जनजाती आन्दोलनमा

चितवन : बिदा कटौती गरेको बिरोधमा तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले आन्दोलन गर्ने भएको छ ।

आफ्नु विशेष चार्डपर्वहरुमा दिइदै आएको बिदालाई बर्तमान सरकारले कटौती गरी अन्याय गरेको भन्दै समितिले मंगलबारबाट आन्दोलनका कार्यक्रम सुरु गरेको हो । समितिको मंसिर १३ गते देशभरका जिल्ला अध्यक्ष सहित चितवनमा बसेको विशेष बैठकबाट भएको निर्णयअनुसार मंगलबारबाट सशक्त आन्दोलनका कार्यक्रम सुरु गरिएको समितिका केन्द्रीय अध्यक्ष रेशम तमूले जानकारी दिए ।

अध्यक्ष तमुका अनुसार सबै जिल्लामा आन्तरिक तयारी थालेको ह्युल छोँज धीँले मंगलबार देशभरीका सबै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको कार्यालयलाई एकसाथ ज्ञापनपत्र बुझाएका छन् । सरकारबाट नेपालका सबै आदिवासी जनजाति समुदायमाथि विभेदकारी कार्य भएकोले आन्दोलन गर्न बाध्य भएको उनले बताए ।

‘आदिवासी जनजाति समुदाय हुन्थेन भने नेपालको अस्तित्व नै रहने थिएन, उनले भने, ‘तर, वर्तमान सरकारले हामी आदिवासी जनजातिको महत्वलाई नै बिर्सने काम गरेको छ । त्यसैले पनि हामी आन्दोलनमा होमिन बाध्य भएका हौँ ।’ ‘नेपाललाई बहुभाषी, बहुजाति तथा बहु सांस्कृतिक देश भनेर चिनिएकै आदिवासी जनजाति समुदायले गर्दा हो,’ उनले भने, ‘त्यसैले सरकारले नेपालका कुनै पनि आदिवासी जनजाति समुदायको अधिकार खोस्न पाइँदैन ।’

देशभरका सम्पूर्ण आदिवासी जनजाति समूदायसँग सम्बन्धित संघसंस्था लाई समेत आन्दोलनमा साथ दिन ह्युल छोँज धीँ केन्द्रीय समितिले अपिल गरेको छ । चितवनमा पनि मंगलबार जिल्ला कार्यसमिति चितवनका अध्यक्ष गणेशबहादुर गुरूङ नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख अधिकारी जीतेन्द्र बस्नेतमार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार