माईमझुवामा वान्तवा कविता प्रतियोगिता

  विविसी हाङखिम
0 Shares

सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका २ माइमझुवाको आहालेटारमा बुङ्वाखा (फुलाबारी) को १४ औं वार्षोकोत्सवको अवसरमा वान्तावा कविता प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।

श्यामराज दुब्देहाङ स्मृति पुरस्कार अन्तर्गत कविता प्रतियोगितामा नरेन्द्र राई प्रथम, कुमार राई द्वितीय र इनुमा रुङमाहाङ तृतीय भएका छन् । उनीहरुले क्रमश: नगद १० हजार, ६ हजार र ४ हजार रुपैयाँका साथ प्रमाणपत्र पाए । प्रतियोगितामा १४ जनाले सहभागिता जनाएका थिए ।

यस्तै कार्यक्रममा रीता राराहाङद्वारा लिखित चेइनयानओ यङ (बोलिन्दै गरेको भाषा) शब्दसङ्ग्रहको विमोचन गरिएको छ ।

उनका बाबु तुलबहादुर राराहाङ र आमा कृष्णमाया ताङ्लुक्वा राईलगायत प्रमुख अतिथी र अतथीहरुले संयुक्त रुपमा विमोचन गरे ।

कार्यक्रममा नव हाँस्यकलाकार शुखदेव राइले दशकहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।

किरात यायोक्खा काठमाडौंको आयोजना र किरात राई यायोक्खा सन्दकपुर गाउँपालिका २ माइमझुवाको सहआयोजनामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष उदयबहादुर राईको प्रमुख आतिथ्य र अखिल किराँत राई संघ सिक्किमका अध्यक्ष चन्द्र खालिङ र किरात राई वान्तवाखिम केन्द्रिय अध्यक्ष ज्ञान किराँतीको उपस्थितीमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार