रेड डेविल्स र आरआरसी फाइनलमा प्रवेश

  नरेन इलामेली
0 Shares

माइजोगमाई : रेड डेविल्स नयाँबजार र आरआरसी प्याङ इलामको माइजोगमाईमा जारी प्रथम अध्यक्षकप फूटबल प्रतियोगिताको फाइनलमा प्रवे गरेका छन् ।

नयाँबजारस्थित बालागुरु खेल मैदानमा सोमबार भएको पहिलो सेमीफाइनलमा माईजोगमाई ३ लाई टाइब्रेकरमा ३-२ गोल अन्तरले पराजित गर्दै रेड डेविल्स नयाँबजारले फाइनलको यात्रा तय गरेको हो । खेलको निर्धारित समयमा दुई टिमबाट २-२ गोलको बराबरी भएपछि टाइब्रेकरमा विजेता निर्धारण गरिएको थियो ।

ट्राइब्रेकरमा रेड डेविल्सका बर्षन गुरुङ, संगम भट्टराई र मनोज गुरुङले गोल गेका थिए भने माइजोगमाईका सुजन योल्मु र सन्तोष देवान मात्र गोल गर्न सफल भएका थिए ।

निर्धारित समयमा रेड डेविल्सका लागि सुनिल भट्टराई र मनोज गुरुङले तथा माइजोगमाईका मिलन देवान र सन्तोष देवानले गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच माईजोगमाई तीनका सन्तोष देवान घोषित भए ।

त्यस्तै सोमबार नै भएको दोस्रो तथा अन्तिम सेमिफाइनलमा फ्रेन्डशीप फुटबल क्लब जोगमाईलाई ५-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै आरआरसी प्याङ फाइनलमा प्रवेश गरेको छ ।

खेलको सुरुवात देखिनै राम्रो लयमा प्रस्तुत भएको आरआरसीका लागि सुदिप थेवेले २ सुदिन थेवेले २ र सौजन थेवेले १ गोल गर्दै ५ गोलको नतिजा निकाल्दा फ्रेन्डशीपका विजय राईले मात्र सान्तवना गोल मात्र फर्काउन भ्याए ।

आरआरसी प्याङले अब उपाधिका लागि रेड डेविल्स नयाँबजारसँगको भेट पक्का गरेको छ ।

प्रतियोगिता अन्तर्गत मंगलबार तेस्रो स्थानका प्रतिस्पर्धा हुने आयोजकले समितिका सचिव देवेन्द्र पौडेलले नयाँ बुलन्द डटकमलाई जानकारी दिए । तेस्रो स्थानका लागि सेमीफाइनलका उपविजेताहरु माइजोगमाई ३ र फ्रेन्डशीप फुटबल क्लब जोगमाई आमनेसामने हुनेछन् ।

प्रतियोगिताको फाइनल भने २६ मंसिरमा हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख सहित २० तोला चाँदीको माइजोगमाई रनिङ शिल्ड तथा उपविजेताले नगद ५० हजार र तृतीयले नगद २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । साथै उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक, अनुशासित टीमले समेत पुरस्कार पाउने आयोजक समितिका प्रविण राईले जानकारी दिए ।

माईजोगमाई गाउँपालिकाको मुख्य प्रायोजनमा माईजोगमाई खेलकुद विकास समिति र माइजोगमाई फुटबल क्लबको संयुक्त आयोजनामा १४ मंसिरदेखि संचालित प्रतियोगितामा माइजोगमाई गाउँपालिका भित्रका १८ टीमको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार