गायीका दीपा सुहाङको ‘कपाल कोर्ने काइँयो’ बजारमा

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : गायीका दीपा सुहाङ र गायक इन्द्रसुशील चोङबाङको पूर्बेली लोकदोहोरी गीत ‘कपाल कोर्ने काइँयो’ बजारमा आएको छ ।  सिमिक्लुङको यु ट्युब च्यानलबाट भर्खरै सार्वजनिक भएको छ ।

गायीका दीपा सुहाङ पछिल्लो समय पूर्वली गित लिएर आएकी हुन् । गीत संगीतमा करिब ४ वर्षदेखि संघर्ष गरिरहेकी गायीका दीपा सुहाङ निरन्तर संगीतप्रती निरन्तर साधना गरिरहेकी छिन् । नेपाली सङ्गित क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाउदै गरेकी गायीका दिपा पाँचथरको सुभाङ हिलिहाङ गाउँपालिकामा उनको जन्म थलो हो भने हाल राजधानीमा नै उनी संघर्षरत छिन् ।

उनले हाल सम्म आफ्नो भाषिक गीत लगायत आधुनिक कलेक्सन लोक गीतहरू गरी लगभग २० भन्दा धेरै गीतमा स्वर भरिसकेकी छिन् । कलेक्सन एल्बममा ब्यस्त गायिका हाल गीत संगीत र कार्यक्रम मै व्यस्त छिन् ।

उनले हाल रेकर्ड गरेको गीत नयाँ पुर्बेली लोक गित ‘कपाल कोर्ने काँईयो’ बोल को गीत सार्वजनिक भएको छ । मनकुमार पारघरी लिम्बूको शब्द रचना रहेको उक्त गीतमा ईन्द्रसुशील लिम्बूको संगीत तथा इन्द्रसुशील लिम्बू र गायीका सुहाङको युगल स्वरमा रहेको छ भने राजु कार्कीको एरेन्ज रहेको गीत सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।

भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार