अध्यक्षकप फूटबल : रेड डेविल्स र फ्रेण्डसीप क्‍वार्टरमा

  नरेन इलामेली
0 Shares

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका १ स्थित नयाँबजारमा जारी प्रथम अध्यक्षकप फूटबल प्रतियोगितामा रेड डेविल्स नयाँबजार र फ्रेन्डसीप फूटबल क्लब जोगमाई क्वार्टरफाईनलमा प्रवेश गरेका छन् ।

बुधबार भएको पहिलो खेलमा सेभेन ब्रदर्श सोयाङलाई ४-० गोलको सहज जित दर्ता गर्दै रेड डेविल्स नयाँबजारले क्वाटरफाईनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । खेलमा विजेता रेड डेविल्स नयाँबजारका संगम भट्टराई म्यान अफ दी म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा ज्योती स्पोर्टिङ्ग क्लब नामसालिङलाई ३-१ गोल अन्तरले पराजित गर्दै फ्रेण्डसीप फूटबल क्लब जोगमाई क्वार्टरफाईनलमा प्रवेश गरेको हो । खेलमा विजेता जोगमाईका विजय राई म्यान अफ द म्याच  घोषित भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार