गायक राज लाबुङको ‘जदौरी’ बजारमा

  नयाँ बुलन्द
14 Shares

इलाम : गायक तथा संगीतकार राज लाबुङ लिम्बूको गीती एल्बम ‘जदौरी’ बजारमा आएको छ । ६ वटा गीत समेटिएको ‘जदौरी’ को बुधबार इलामको माङसेबुङमा विमोचन भयो ।

किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’ ६५ औं जन्मोत्सबको अवसरमा ‘जदौरी’ को विमोचन गरिएको हो ।

एल्बममा ‘जदौरी…’, ‘कहाँ कहाँ पुगे …’, ‘आमाको याद …’, ‘साथ छुट्ने बेला …’, ‘कहिले काँही …’ र ‘मायाले काट्यो …’ गीत समेटिएको छ । जसमध्ये ३ वटाको म्युजिक भिडियो समेत निर्माण भईसकेको छ ।

एल्वममा चर्चित गायीका मेलिना राईको आवाज समेत समेटिएको छ । शब्द रचना सुन्दर कुरुप, उज्वल थेवे, राज लाबुङ, आन्छुमे नसान, छत्र साउदेन, उत्तमजंग लाओती लिम्बूले गरेका छन् । त्यस्तै संगीत बादल लिम्बू, उज्वल थेवे लिम्बू, राज लाबुङ, छत्र साउदेन र उत्तमजंग लाओती लिम्बूको रहेको छ ।

‘जदौरी…’ मा शब्द साहित्यकार सुन्दर कुरुपको रहेको छभने संगीत गायक तथा संगीतकार बादल लिम्बुले भरेका छन् । ‘कहाँ कहाँ पुगे …’ मा शब्द र संगीत उज्वल थेवेको रहेको छ भने । ‘आमाको याद…’ मा भने शब्द र संगीत राज लाबुङ लिम्बुको रहेको छ भने स्वार मेलीना राईको रहेको छ । ‘साथ छुट्ने बेला…’ मा शब्द आन्छुमे नसानको रहेको छ भने संगीत राज लाबुङ लिम्बू स्वयमले भरेका छन् । ‘कहिले काही…..’ मा शब्द र संगीत दुवै छत्र साउदेनको रहेको छ । त्यस्तै ‘मायाले काट्यो …’ मा शब्द र संगीत उत्तमजंग लावतीको रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार