निशुल्क स्वास्थ्य शिबिर आजदेखि शुरु

  नन्दन सर्वत लिम्बू
0 Shares

 

जीतपुर : देउमाई नगरपालिका ९ जीतपुरमा निशुल्क स्वास्थ्य शिबिर आज देखि फाकफोक आयुर्वेद औसधालयको आयोजना र देउमाई नगरपालिका ९ को सह आयोजनामा शुरु भएको छ ।

शिबिरमा निशुल्क रुपमा नसर्ने रोगहरुको परिक्षण गराई आईपर्ने सावधानी अपनाउन सचेत गराईने आयोजकले बताएको छ।

मानव स्वास्थ्यमा आयुर्बेदिक औषधि र एलोप्याथिक औसधिको बराबरि प्रयोगले फाईदा पुग्ने बक्ताहरुको भनाई थियो । आयुबेर्दिक उपचार सम्बन्धि गाउँ घर क्लिनिक नामाकरण गरिएको सो शिबिरमा सुगर,प्रेसर,हाड्जोर्नी,नशा,पाईल्सको निशुल्क परिक्षण गरिएको छ ।

आजको पहिलो दिनको परिक्षणमा १ सय १० जनाले परिक्षण गराएका छ्न । उक्त शिबिर जीतपुर स्वास्थ्य चौकिमा पाक्षिक रुपमा सन्चालन गरिने बताईएको छ ।

नगरपालिकाको प्रसासकिय अधिकृत प्रेम प्रसाद दहालको सभापतित्व र प्रमुख अतिथी देउमाई नगरपालिकाका मेयर सुर्य पोख्रेलको आतिथ्यता र दे न पा ९ का वडाअध्यक्ष प्रेम सागर बराल,उध्योग बाणिज्य संघको अध्यक्ष आनन्द कट्टेल,डाक्टरहरु कबिराज तुलशी भट्टराई मेची अन्चल आयुर्वेद औसधालय प्रमुख खगेन्द्र पौडेलको र राम कृष्ण आचर्य बैध्य बिनोद कुमार यादबको आतिथ्यतामा उद्घाटन गरिएको थियो ।

दोस्रो शिबिर आउदो २८ गते बिहिवार र तेस्रो पौष१४ गते शुक्रबार हुने नंया बुलन्द डट्कम लाई बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार