संसारिक जीवनमा आत्मानन्द सेइङ ६५ औं वर्षमा उहाँले गरेका ऐतिहासिक कार्यहरु

  योगेश लाओती (चुक्सा याप्मी)  278 पटक हेरिएको

किरात धर्मगुरु आत्मानन्द लिङ्देन

अङ्सिमाङ आत्मानन्द सेइङ ६५ औ बर्षमा :

संसारलाई सुन्दर फुलबारी बनाउने कल्पना गरेको छु,प्राय जसो आशिर्वाचनहरुमा नछुटिने भनाइ हो।किरात धर्म गुरु मुहिङ्गुम अङ्सिमाङ  लिङ्देन आत्मानन्द सेइङ यहि मंसिर १८ गते बाट ६५ औ बर्षमा प्रबेश गर्दै हुनुहुन्छ।बिस्स २०३६ साल बाट वहाको जन्मोत्सव लाई किरात धर्मावलम्बिहरु र किरात धर्म प्रती गहिरो आस्था राख्ने संसारभरका श्रदालु भक्तजनहरुले मानविय गरिमाको रूपमा नुमाङ्गेन्ना लाई हर्सोल्लासका साथ मनाउदै आएका छन।जन्मोत्सव लाई बिशेश बनाउनको लागि माङ्सेवासावाहरुले माङ्गेन्ना मुन्धुम वाचन र विभिन्न जातीय झाकी नृत्यहरु समेत प्रस्तुत हुने गर्दछ।

नुमाङ्गेन्नाको साझमा माङलाङ,केलाङ, नाहेन लाङ,नाहेन लाक्मा, हर्सोल्लासका साथ नाच्दै किरात धर्मगुरु मुहिङ्गुम अङ्सिमाङ लिङ्देन आत्मानन्द सेइङको माङगेन्ना चोत्लुङ उठाउने कार्य गरिन्छ।खुशी पार्न सके सारा सावायेहाङ किरातिहरुको माङगेन्ना चोत्लुङ उठ्छ भन्ने बिश्वास समेत रहेको छ।किरात धर्म दर्शन,भाषा,लिपि,कर्म संस्कार संस्कृतिको संरक्षण (सम्बद्र्धन गर्दै तत्कालीन समयमा पनि अङ्सिमाङ आत्मानन्द सेइङ अहोरात्र रूपमा लागि पर्नु भयो।बिश्वमा बढ्दो अशान्ती ,हत्या,हिंसा प्रती बढी चिन्तित हुनुहुन्छ ।सत्य थोरै हुन्छ तर सत्य कै बिजय हुन्छ भन्नू हुने मुहिङ्गुम अङ्सिमाङ लिङ्देन आत्मानन्द सेइङ हरेक जसो आशिर्वाचनहरुमा सदैब सत्य,शान्ती,र एकताको आग्रह गरिरहनु हुन्छ।वहाको बारेमा संक्षिप्त चर्चा गरिएको छ।

अङ्सिमाङको जन्म

मेची अञ्चल इलाम जिल्ला इभाङ गा।बि।स वडा  न. ५ चुक्चिनाम्बाको पुछार वारि ९ अगोटे वारि० मा  बुवा पुण्यप्रसाद लिङ्देन आमा श्यामजिरी चेम्जोङ्को कोख बाट बिस्स २०११ मंसिर १८ गते शुक्रवारको दिन  जन्मनु भएका मुहिङ्गुम अङ्सिमाङ लिङ्देन आत्मानन्द सेइङ ९ ज्योतिष नाम श्यामबहादुर ० लाई महागुरु फाल्गुनन्दको पुनः अवतारको रुपमा किरात धर्मवालम्बिहरुले मान्दै आइरहेका छन। ूकिरातिहरु एउटै सुत्र र धर्ममा बाधिनु पर्छूभन्ने वहाको चर्चित भनाइ हो।सानोमा वहाँ लाई बालागुरु समेत भनिन्थो।आत्मा परमात्मा भुत बर्तमान भबिश्यको बारेमा जान्ने भन्ने शाब्दिक अर्थमा शब्दिगुरु बद्रीनन्द तुम्बापो द्वारा आत्मानन्द लिङ्देन नाम राखिएको हो। महागुरुको पुनस् अवतारको रुपमा वहालाइ मान्दै आएकोले अवतारी ब्याक्ती भन्ने शाब्दिक अर्थमा अङ्सिमाङ भनेर वहालाइ भन्न थालिएको हो।

देव बिवाह

बर्तमान किरात धर्म गुरु मुहिङ्गुम अङ्सिमाङ आत्मानद लिङ्देन सेइङ ज्युको दोस्रोपटकको फक्ताङ्लुङ तिर्थ यात्रामा जादा पाउनु भएको माङ वाणी लाई शिरोधार्य गर्ने क्रममा तत्कालीन साबिक बाझो गा।बि।स वार्ड नस् ८ इलाम आदिपुर निबासि सुब्बा बिर्खध्वज सावा र कौशिला साम्सुहाङ्को जेठी छोरी पबित्रहाङमा सावा संग बि।स २०३२ साल माघ २२ गते बिहिबारको दिन इलामको इभाङ ५ चुक्चिनाम्बा गैरिगाउ अवस्थित रहेको माङहिममा सयौको उपस्थितिमा देव बिवाह गर्नु भयो।

संसारिक जिवनमा अङ्सिमाङ आत्मानन्द

किरात धर्म दर्शन दाता समाज सुधारक नेपालको रास्ट्रीय बिभुति मुहिङ्गुम अङ्सिमाङ महागुरु फाल्गुनन्द लिङ्देनको बिस्स २००५ सालमा आफ्नो मृत्यु हुनु अघि वहाले भन्नू भएको थियो।अब म महाचिन जादैछु खासा खाडी फेर्दैछु मेरो उमेर चिनमा १० बर्षको भयो १७ बर्ष उमेर पुग्दा पुनः किरात कुलमा पितारुपी संसारिक जिवनमा आउछु भनेर आफ्ना चेलाभुलाहरु लाई भबिश्यबाणी गर्नु भएको थियो।महागुरु फाल्गुनन्द लिङ्देनले गरेका अधुरो कार्यहरु लाई पूरा गर्नका लागि माथी फाल्गुनन्दको उक्ति अनुरुप इलाम जिल्ला साबिक इभाङ ५ चुक्चिनाम्बामा बुवा पुण्यप्रसाद लिङ्देन र आमा चन्द्रमाया चेम्जोङ ९श्यामजिरी ० को कोख बाट बिस्स २०११ साल मंसिर १८ गते शुक्रबारको दिन हालको माङ्सेबुङ गाउपालिकामा जन्मनु भएका मुहिङ्गुम अङ्सिमाङ लिङ्देन आत्मानन्द सेइङको ज्योतिष नाम ९श्यामबहादुर० हो।संसारिक जिवनमा आउनु भयो किरात समुदाय लाई सहि मार्गनिर्देशन गर्दै अनवरत लागि पर्नु भयो।साधरण ब्याक्ती जस्तै जीवन यापन गर्नु हुन्छ। किरातिहरुले वहाँ लाई चिन्न नसकेको देख्दा दुख लाग्छ भन्नू हुन्छ।किरात साम्यो नालिफुङ्वा मुजोत्लुङ पान्जुम्भोका केन्द्रिय कोषाध्यक्ष शंकर केरुङ।किरात धर्म दर्शन,भाषा,लिपि,संस्कार संस्कृति प्रचारप्रसार गर्दै हिड्दा कुरिती र कुसंस्कारमा डुबेको समुदायलाइ सम्झाउदै बुझाउदै सु(सभ्य र शिक्षित बनाउनका लागि वहा पटकपटक गाउँ गाउँमा घरदैलो सम्म पुग्नु भयो।तत्कालीन पन्चायत कालिन समयमा राज्य बाट देशद्रोहीको आरोप समेत खेप्नु भयो।यसरी लुक्दै बच्दै हिड्दा पुनः वहाको टाउको मोल समेत तोकियो।महागुरु फाल्गुनन्दको अधुरो कार्य लाई पूरा गर्नका लागि पुनः अवतारको रूपमा पनि वहाँ लाइ सारा किरातिहरुले मान्दछन।संसारिक जिवनमा पितारुपि रुपमा मुहिङ्गुम अङ्सिमाङ लिङ्देन आत्मानन्द सेइङ तथा  मातारुपी रूपमा मुहिङ्गुम अङ्सिमामाङ सावा पबित्रहाङमा लिङ्देन पाएका छौ।

अङ्सिमाङको शिक्षा ज्ञानको ओडार

मुहिङ्गुम अङ्सिमाङ लिङ्देन आत्मानन्द सेइङ कुनै बिधालय ,बिश्वबिधालय बाट औपचारिक शिक्षा लिनु भएन। वहाँ जहिले भन्नू हुन्थ्यो मेरो शिक्षा भनेको जपतप,ध्यान ,गुफा ओडार मात्रै हो।बेला बेला आशिर्वाचनहरुमा बोलिरहने भनाइ हो।अङ्सिमाङ आत्मानन्द सेइङ हालको माङ्सेबुङ गाउपालिका साबिक इभाङको गैरिगाउ माङहिमम छेउको सानो वनमा,जितपुर पुछारको खत्रक्पा खोल्छी,मोरङको बक्राहखोलाको डिलमा रहेको पिपलको फेदमा गर्नु भएको ध्यान,साधना पश्चात बिस्स २०२७ सालमा इलामको माइ देउमाइ र मेक्वा खोलाको संगमस्थल अवस्थित फुलुङ्गिको गुफा डाडामा ६ महिना सम्म लामो ध्यान,साधना पछि समाधी ज्ञान प्राप्त गर्नु भएको थियो।सोही ध्यान,साधना पश्चात् मुहिङ्गुम अङ्सिमाङ महागुरु फाल्गुनन्द लिङ्देनको अपुरो,अधुरो कार्य लाई पूरा गर्न मुख्य उदेश्यको रूपमा मेरो जन्म भएको हो भनेर थाहा पाए पछि  मुहिङ्गुम अङ्सिमाङ लिङ्देन आत्मानन्द सेइङ लाई सोही बर्ष २७ सालमा इलाम जिल्ला हालको माङ्सेबुङ गाउपालिका साबिक इभाङको गैरिगाउ माङहिममा  किरात धर्मावलम्बिहरुको बाक्लो उपस्थितिमा माङलाङ ताक्मा,९देव सवार ० गरे पछि वहालाइ श्रदाका साथ किरात धर्मावलम्बिहरुले महागुरु फाल्गुनन्दको पुनः अवतारको रूपमा संसारिक जिवनमा आउनु भएका अङ्सिमाङ आत्मानन्द लाई पुज्न र मान्न थालिएको हो।बिस्स २०२९ सालमा प्रथम पटक सेन्चेइ फक्ताङ्लुङ यात्रा कै क्रममा सिदिङ्वा ९श्रीचोङ० अवस्थित पनि ध्यान गर्नु भयो।सोही साल माङमालुङ अवस्थित थालाचेप्पा डाडामा जपतप पनि गर्नु भयो।बर्तमान किरात धर्म गुरु भुत,भबिश्य, बर्तमानको बारेमा जानकार मुहिङ्गुम अङ्सिमाङ आत्मानन्द सेइङको ज्ञानको स्रोत जपतप,ध्यान,साधना र ओडार बाट प्राप्त शिक्षा नै अङ्सिमाङको ज्ञानको मुल स्रोत हो।

अङ्सिमाङ रचनाकारर संगितकार

मुहिङ्गुम अङ्सिमाङ लिङ्देन आत्मानन्द सेइङ जिवनको अधिकांश समय भाषा,लिपि,धर्म, मुन्धुम,संस्कार ,संस्कृति संरक्षण(सम्बद्र्धन गर्दै प्रचारप्रसारमा समेत बिताउनु भएको छ।मुहिङ्गुम अङ्सिमाङ आत्मानन्द लिङ्देन सेइङले विभिन्न समयमा रचना गर्नु भएको संगीत गर्नु भएको वहाको जम्मा नौ वटा गित रहेको छ। इक्सादिङ खाम्बेक लक्पेक्खेयो, ओत तागेरा निङ्वाभु माङे पेलिने फाकाआ,लच्छा पुदिक पेरेपे ताङ्सान थो, ओतिरो नो फुङ्वा चुम्से ओतिरो, तान्छोदिन तारे, थक्माङ लामम्दो,ओत तागेरा रहेको छ।ती बाहेक थप्परा फुङ्गिन भन्ने बोलको गित भने रेकर्डिङ भएको छैन। यिनै किरात धार्मिक जागरण सम्बन्धि गित संगित साम्लो लाई संरक्षण (सम्बद्र्धन गर्नका लागि विभिन्न समयमा गितको माध्यम बाट किरात धर्म लाई बिश्वब्यापी रुपमा फैलाउन लागि पर्नु भयो।बिस्स २०३१ साल देखि बिस्स २०५० सालको दुई दशकको हाराहारीमा रचना गर्नु भएको गितहरु समग्रमा किरात पुनःजागरण सम्बन्धि रहेको पाइन्छ।बिस्स२०५६ सालमा ९किरात रेकर्डिङ स्टुडियो० स्थापना गरेर केही गितहरु किरात साम्यो साक्थिम्गेन पान्जुम्भो संस्थाले अङ्सिमाङ आत्मानन्द सेइङको गित लाई रेकर्ड गरेर अडियो र भिडियोमा समेत बजारमा ल्याएको छ।

माङ्गेनाको सुरुवात

मुहिङ्गुम अङ्सिमाङ लिङ्देन आत्मानन्द सेइङ को जन्म दिनको पावन अवसरमा सावायेहाङ किरातिहरुको माङ्गेन्ना सेवा गर्ने प्रचलन बिस्स २०३६ सालमा गुरु निजि आश्रम अवस्थित रहेको माङहिममा २५ औ जन्मोत्सव मनाएर औपचारिक रूपमा नुमाङ्गेन्न्ना कार्यक्रमको सुरुवात भएको थियो। माङ्गेन्ना कार्यक्रम भालुटार हुँदै साबिक९ मान्द्रे डाडा ० माङ्सेबुङ अवस्थित किरात धर्मावलम्बीहरुको केन्द्रिय माङ्हिम किरात हाङ्साम मुजोत्लुङ माङ्हिमको समेत स्थापना गरेर अङ्सिमाङ आत्मानन्द सेइङ को माङ्गेना औपचारिक रूपमा मनाउन थालेको हो।९मान्द्रे डाडा०लाई माङ्सेबुङ नामाकरण गरिदिनु भए पश्चात् भने ४ दशक यता धार्मिक पर्यटकीयको रुपमा माङ्सेबुङको महिमा संसारभर उच्च हुँदै गएको छ। जस्को अर्थ माङ, भने इस्वर,से माने पबित्र,बुङ माने स्थान भन्ने पबित्र अर्थमा नामाकरण गरिएको माङ्सेबुङ सर्बत्र रूपमा कहलिएको छ।इलाम जिल्लाको साबिक बाझो,इभाङ,गजुरमुखि गा।बि।स। लाई मिलाएर अहिलेको संघीय संरचना अन्तर्गत माङ्सेबुङ गाउपालिका समेत नामाकरण भएको छ।

अङ्सिमाङको मुन्धुम शिक्षा र प्रेसमा योगदान 

मुहिङ्गुम अङ्सिमाङ लिङ्देन आत्मानन्द सेइङ को पहलकदमिमा वहाले मुन्धुमको औपचारिक पठनपाठनको थालनी माङ्सेबुङ ५ स्थित मेक्वा बेशिमा स्याउलाले बारेर सानोतिनो कटेरोहरु निर्माण गरि बिस्स २०४० मंसिर १८ गते देखि ४ महिना सम्म निरन्तर रूपमा मुन्धुम सम्बन्धि शिक्षण समेत गर्नु भयो।त्यहा बाट सरेर बिस्स २०४१ सालमा गुरु निजि निवासमा पठनपाठन समेत गर्नु भयो।बिद्यार्थीहरु तेजबहादुर थलङ,राजबिर लाओती,रत्नदिल एवाइ राइ,इन्द्रलाल सावा,नरबहादुर जबेगु,चन्द्रबहादुर कुलुङ,हर्कमान तुम्सा,एकराज सम्बाहाम्फे,लक्ष्मी लिङ्देन सहभागी बिधार्थिहरु थिए।यसरि संचालनमा आएको मुन्धुम पठनपाठन गर्नेहरुको क्रमिक रुपमा संख्या वृद्धि हुँदै जान थाले पछि बिस्स २०५० साल कार्तिक २५ गते बाट तत्कालीन ९मान्द्रेडाडामा० साधरण सामान्य खरको छाना भएको मुन्धुमशाला अङ्सिमाङको निर्देशनमा उद्घाटन भएको हो।र पछि भवन निर्माण गर्नका लागि सुनसरी भरौल निबासी टेकबहादुर एभेङ,रणबहादुर एभेङ,कुलबहादुर एभेङ,छबिलाल एभेङ,बखतबाहादुर एभेङ,नरबहादुर एभेङको सहयोगमा निर्माण गरि दिए।सरस्वता आङ्बुहाङ लेख्नु हुन्छ ।पक्की भवनको उद्घाटन तत्कालीन गिरिजाप्रसाद कोइरालाले बिस्स २०५६ मंसिर १८ उद्घाटन गरेका थिए।मुन्धुमशालाको पक्की भवन निर्माण भए पछि भने पठनपाठन ब्यवस्थित रूपमा भएको थियो।अङ्सिमाङ सेइङको सम्पादनमा बिस्स २०५३ सालमा किरात साम्जिक मुन्धुम भाग १ ९ कुसाङसेमा० प्रकाशनमा आए संगै सम्जिक मुन्धुमहरु अन्य भागहरु क्रमिक रूपमा अहिलेसम्म पनि वहाले नै सम्पादन गरिरहेका छ्न।किरात धर्म दर्शन, भाषा, लिपि, साहित्यको बृहत्तर बिकासको लागि प्रचारप्रसार गर्न आफ्नै संचार गृहको स्थापना गर्नका लागि आवश्यक्ताको रहेको मध्यनजर गरि वहाकै निर्देशन र अगुवाइमा बिस्स २०४२ सालमा किरात लिपि छाप्ने प्रेस छिमेकी मुलुक भारतको कलकत्ता बाट ल्याएर बिस्स २०४७ साल फाल्गुन ८ गते किरात प्रीन्टिङ प्रेसको स्थापना समेत गर्नु भयो।यसरी किरात साम्जिक मुन्धुम, किरात धर्म दर्शन, भाषा,लिपि,कर्म संस्कार संस्कृति र किरात साहित्य लाई बिश्वब्यापीकरण गर्न प्रेस छापाखाना पत्र पत्रीका, रेडियो, टेलिभिजन ,बिधुतिय माध्यम बाट पनि आफ्नो कुराहरु लाई प्रकाशन, प्रदर्शन गर्दै निरंतर रूपमा लाग्नु पर्ने बताउनु हुन्छ अङ्सिमाङ आत्मानन्द सेइङ ।त्यसैले वहाको मुन्धुम शिक्षा र प्रेस सम्बन्धि ठूलो योगदान समेत रहेको छ।

ऐतिहासिक कार्यहरू

मुहिङ्गुम अङ्सिमाङ लिङ्देन आत्मानन्द सेइङ्को निर्देशन र नेतृत्वमा वहाँ स्वयम् भाषा,लिपि, धर्म,संस्कार संस्कृति लाई  संस्थागत गर्न बिस्स २०३६ सालमा किरात धर्म तथा साहित्य उत्थान संघको समेत स्थापना गर्नु भयो।सावायेहाङ किरातिहरुको माङ्गेन्ना चोत्लुङ उठाउनको लागि बिस्स २०३७ सालमा किरात चोत्लुङ अङ्सी माङ्गेना सेवा समितिको समेत गठन गरेर दुई नेत्रको रूपमा दुई संस्था लाई अगाडि बढाउनको लागि निर्देशन समेत गर्नु भयो।इलाममा ०५३ सालमा किरात हाङ्साम मुजोत्लुङ माङ्हिमको रूपमा दर्ता भएको हो।सोही संस्थाहरुको संयुक्त आयोजनामा बिस्स २०५७ साल कार्तिक २४,२५ र २६ गते त्रीदिवसिय रूपमा मुहिङ्गुम अङ्सिमाङ महागुरु फाल्गुनन्द लिङ्देनको ११६ औ जन्मजयन्तिको अवसरमा बिश्व शान्ती मानव एकता दिवसको रुपमा किरात धर्म प्रथम अन्तरास्ट्रिय महासम्मेलन नेपालको राजधानी काठमाडौमा भब्यता पुर्बक सम्पन्न गर्दै व्यापक रूपमा किरात पोशाक मेख्ली र तागाबा पहिलो पटक प्रदर्सन समेत भएको थियो।किरात धर्म दोस्रो अन्तरास्ट्रिय महासम्मेलन बिस्स २०६७ साल चैत २१,२२ र २३ गते भब्यता पुर्बक सम्पन्न भएको थियो।वहाँ ध्यानमा बस्नु हुदा नै आफ्नो जन्मको प्रमुख उदेश्यको रूपमा मुहिङ्गुम अङ्सिमाङ महागुरु फाल्गुनन्द लिङ्देनको अपुरो अधुरो कार्य लाई पूरा गर्ने थाहा भए पछि बिस्स २०६१ साल कार्तिक २५ गते महागुरुको १२० औ जन्मजयन्तिको अवसरमा महागुरु फाल्गुनन्दको अपुरो भाकल पूरा गर्नु भयो र महागुरु फाल्गुनन्दको शालिक इलाम जिल्लाको माङ्सेबुङ र झापा जिल्लाको दमकमा समेत एकैदिन भिन्न भिन्नै दुई ठाउमा अनावरण गरि महागुरु फाल्गुनन्दको शालिक स्थापनाको समेत सुरुवात गर्नु भयो।यो क्रम दिनानुदिन बढिरहेको छ।अङ्सिमाङ आत्मानन्द सेइङ्को निर्देशन र पहलमा मुहिङ्गुम अङ्सिमाङ महागुरु फाल्गुनन्द लाई बिस्स २०६६ साल मंसिर १६ गते नेपाल सरकारले १६ औ रास्ट्रीय बिभुतिको रूपमा घोषणा समेत गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार