अध्यक्षकप फूटबल : सनराइज र सेभेन ब्रदर्श विजयी

  नरेन इलामेली
0 Shares

माइजोगमाईइलामको माइजोगमाई गाउँपालिका १ नयाँबजार स्थित बालागुरु खेल मैदानमा जारी प्रथम माइजोगमाई अध्यक्ष कप फूटबल प्रतियोगितामा सोमबार दुई खेल सम्पन्न भएको छ।

सोमबार समपन्न पहिलो खेलमा सनराइज बैङ्क नयाँबजारले देवान स्पोर्टिङ्ग क्लब नामसालिङ्ग‌लाई १-३ गोल अन्तरले पराजित गर्दै विजयी बनेको छ भने दोस्रो खेलमा सेभेन ब्रदर्श सोयाङले प्रेमेजुङ्ग फूटबल कल्बलाई ४-३ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ। निर्धारित समयमा १-१ गोलको बराबरीमा खेल सम्पन्न भएपछि खेलको निर्णय ट्राइब्रेकरमा लिइएको थियो। ट्राइब्रेकरमा प्रेमेजुङ्ग फूटबल कल्बले २ गोल गर्दा सेभेन ब्रदर्श सोयाङले भने ३ गोल गर्दै अाफूलाई अघिल्लो चरणमा सुरक्षित गरेको हो।

 प्रतियोगिता अन्तर्गत मंगलबार पनि दुई खेल हुने आयोजकले जनाएको छ। मंगलबारको पहिलो खेलमा आरआरसी प्याङ र जोगमाई आमनेसामने हुनेछन् भने दोस्रो खेलमा पूर्व क्षितिज फुटबल क्लब सोयाङ्गले माइजोगमाई ३ को सामना गर्नुपर्ने आयोजकले जनाएको छ।

माइजोगमाई गाउँपालिकाको मुख्य प्रायोजनमा माईजाेगमाई खेलकुद विकास समिति र माइजोगमाई फुटबल क्लबको संयुक्त आयोजनामा जारी प्रथम माइजोगमाई अध्यक्ष कप फुटबल प्रतियोगिताको विजेताले नगद १ लाख सहित २० तोला चाँदीको माईजाेगमाई रनिङ शिल्ड तथा उपविजेताले नगद ५० हजार र तृतीयले नगद २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्।

साथै उत्कृष्ट मिडफिल्डर उत्कृष्ट फरवार्ड उत्कृष्ट गोलरक्षक अनुशासित टीम र म्यान अफ द म्याचलाई विधागत पुरस्कार समेत व्यवस्था गरिएको माइजोगमाई खेलकुद विकास समितिका अध्यक्ष प्रविण राईले जानकारी दिए।

गाउँपालिकाका भित्रका १८ टीमको सहभागीता रहेको‌ सो प्रतियोगिताको फाइनल खेल आगामी २६ मंसिरमा हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार