लिम्बु विद्यार्थी मञ्चको महाधिवेशन ताप्लेजुङमा हुने

  नयाँ बुलन्द
0 Shares

पथरी :लिम्बु विद्यार्थी मञ्चको नवौं राष्ट्रिय महाधिबेशन फागुन २२, २३ र २४ गते प्रदेश नम्बर १ को ताप्लेजुङमा हुने भएको छ ।

बैठकले आर्थिक उप समितिको संयोजकमा कोषाध्यक्ष बिक्रम शेर्मा, सदस्यहरु राजेश ईवाहाङ, सेन्दोहाङ सेलिङ, कृष्ण फुरुम्बो, प्रचार प्रसार उप समितिको संयोजकमा उपाध्यक्ष धनेन्द्र जबेगु, सदस्यहरुमा प्रदिप नयोङ, मोहन मावो, टुनाहाङ चोङवाङ, प्रतिनिधि÷पर्यवेक्षक ब्यवस्थापन उप समितिको संयोजकमा महासचिव उत्सब सङवाङफे, सदस्यहरुमा राम लिङदम, सेमी तुम्बापो, स्वयम् सेवक परिचालन उप समितिको संयोजकमा सदस्य जितेन साउदेन, सदस्यहरु गुल्सन आङबुहाङ, तारावीर मोरोहाङ, उपेन्द्र यक्सोलाई जिम्मेवारी दिएको छ ।

अथिति ब्यवस्थापन उप समितिको संयोजकमा उपमहासचिव योवाहाङ तुम्वाहाङफे, सदस्यहरुमा सम्झना लिङ्देन, शेरसिंह वजी, विधान संसोधन उप समितिको संयोजकमा बरिष्ठ उपाध्यक्ष नितेश सिंगक, सदस्यहरुमा जलन आम्बुहाङ, जिवन थलङ, सास्कृतिक उप समितिको संयोजकमा उपाध्यक्ष दीपा लक्सम, सदस्यहरुमा सन्ध्या फियाक, दमन्ता सावा, बुद्धि शेर्मा, श्री लिङखिम, ब्यवस्थापक जिल्लाः लिवि ताप्लेजोङ, सम्मान सिफारिस उप समितिको संयोजकमा नितेश सिंगक सदस्यद्धयमा दीपा लक्सम, योवाहाङ तुम्वाहाङफे चयन गरिएको छ ।

मुन्धुमी महत्वको धार्मिक स्थल मेन्छ्यायाम थेगुको विषयमा विवाद गर्ने दुवै पक्षले गर्दा लिम्बु समुदायबीच फाटो आई दुरगामी असर परी असहिष्णुता कायम भइरहेकाले संयमित भई छलफल र संवादबाट समस्याको समाधान गर्न सम्बद्ध सरोकारवालालाई आग्रह गर्ने निर्णय मञ्चले गरेको छ । मञ्चले पारित गरि सञ्चालन गरिएको लिम्बु विद्यार्थी अभियान (लिवि अभियान) मा सर्वोकृष्ट गतिविधि गरिएकाले लिम्बु विद्यार्थी मञ्च जिल्ला शाखा समिति ईलाम जिल्लालाई उत्कृष्ठ जिल्ला घोषणा गरेको छ ।

मंसिर ११ र १२ गते धरान सुनसरीमा लिवि मञ्चको चौथो पूर्ण बैठकले सागर चेम्जोङ, विनु नेम्बाङलाई सदस्यमा मनोनय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार