प्रकाशले गरे बिद्यालयलाई आर्थिक सहयोग

  गोबिन्द पौडेल  354 पटक हेरिएको

रोङ : रोङ ६ मा रहेको सरस्वती माध्यामिक बिद्यालयलाइ बिद्यालयकै पूर्व बिद्याथी प्रकास प्रधानले आर्थिक सहयोग गरेका छन् ।

सोही बिद्यालयबाटनै एस एल सी उत्र्तिण गरेर अध्ययन पछि हाल ग्लोवल आइ एम इ बैक फिक्कलमा कार्यरत उनले बिद्यालयमा अभाव रहेको खेलकुद सामाग्री खरिद गर्न पन्ध्र हजार सहयोग गरेका हुन ।

गाउमा पनि बाल प्रतिभाहरु हुने र सामाग्री अभाव र अवसर नपाउदा ओझेलमा परिने भएकाले खेलकुद सामाग्री खरिद गर्न उनले आर्थिक सहयोग गरेका हुन ।

अभावै अभाव रहेको बिद्यालयमा आफुले केह ी गर्न नसकेको भएपनि आफ्नो कमाइबाट सानो अंस काटेर गाउकै भाइ बहिनीहरुको लागि सानो सहयोग गरेको र आगामी बर्षहरुमा सहयोग गरिरहने उनले बताए ।

६२ औ बार्षिक उत्सब मनाएर समापन कार्यक्रममा उपस्थित भएर प्रकासले उक्त रकमको चेक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केशर प्रधानलाइ हस्तानतरण गरेका थिए । प्रकासको सहयोगले ब बिद्यालयको बिकास र उननतीमा टेवा पुग्ने बिद्यालयका प्रधानाध्यापक डुकराज पौडेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार