‘मेची क्षेत्र पर्यटन महोत्सव– २०७५’ आयोजक समितिको जरुरी सूचना !

  नयाँ बुलन्द  112 पटक हेरिएको

मेची क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ इलामको सदरमुकाम हरितनगर इलाममा आगामि पुस ५ गतेदेखि १६ गतेसम्म ‘मेची क्षेत्र पर्यटन महोत्सव– २०७५’ हुन गइरहेको छ । यस महोत्सवमा इलामका साथै झापा, पाँचथर र ताप्लेजुङका पर्यटन व्यवसायीहरुको सहभागिता रहनेछ ।

महोत्सवका प्रमुख आकर्षण :

  • यस क्षेत्रका सांस्कृतिक झाँकी र झलकहरुको प्रदर्शनी
  • पुरातात्विक महत्वका सामग्रीहरुको प्रदर्शनी
  • विभिन्न भौगोलिक क्षेत्रका जनावरहरुको प्रदर्शनी
  • विभिन्न जातजातिका खाद्य परिकारहरुको बिक्री
  • कृषि तथा नगदे बालिहरुको प्रदर्शनी तथा बिक्रि
  • चिज, छुर्पी, घिउ, ललिपप, बम्बइसन जस्ता दुधबाट बनेका शुद्ध परिकारको बिक्री
  • किवी, एभोकाडो, सुन्तला, कागति लगायतका फलहरुको बिक्री
  • हस्तकला, लघु तथा साना उद्योगका उत्पादनको प्रदर्शनी तथा बिक्रि
  • पर्यटकीय गन्तव्य दर्साउने चित्र तथा बृत्तचित्रको प्रदर्शनी
  • विभिन्न जातजातिका सांस्कृतिक नृत्य
  • स्थानीय तथा राष्ट्रिस्तरका गायक तथा नृत्य कलाकारहरुको प्रस्तुति
  • बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्तिहरुको प्रतिस्पर्धात्मक तथा मनोरञ्जनात्मक खेलकुद
  • स्वदेश तथा विदेशका चर्चित चित्रकारहरुद्वारा बनाइँदै गरेका चित्रकलाहरुको अवलोकन
  • मेचीस्तरीय साहित्य गोष्ठी
  • मेची क्षेत्रका पर्यटन व्यवसायीबीच अन्तक्र्रिया
  • होटल एसोसिएसन, प्रदेश नं १ को विशेष बैठक
  • माउण्टेन साइक्लिङ
  • दृश्यावलोकन भ्रम
  • रमाइलो मेला
  • समापन समारोहमा ‘मेची क्षेत्र पर्यटन महोत्सव– २०७६’ आयोजक जिल्लालाई महोत्सव प्रतीक चिन्ह हस्तान्तरण आदि

यस महोत्सवलाई नेपालको विभिन्न क्षेत्रका अतिरिक्त छिमेकी भारतको सिक्किम, पश्चिम बंगाल र बिहारका पर्यटक लगायत ५० हजार मानिसले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

कृषक, उद्योगी व्यसायी तथा औद्योगिक प्रतिष्ठानहरुका सामग्री प्रदर्शन तथा बिक्रीबितरणका लागि स्टलहरुको व्यवस्था गरिएको छ । स्टल बुकिङ मंसिर १३ बाट खुला भएको छ । आप्mनो स्टल आजै बुक गर्नु होस् ।

स्टल भाडादर :

१. कृषी उत्पादनका लागि प्रतिस्टल रु पाँच हजार
२. साना तथा घरेलु उद्योगका लागि प्रतिस्टल रु दश हजार
३. व्यापारिक तथा औद्योगिक प्रतिष्ठानहरुका लागि प्रतिस्टल रु पच्चीस हजार ।

आयोजक : इलाम पर्यटन प्रवद्र्धन सरोकार समिति, इलाम ।
सहआयोजक : झापा, इलाम, पाँचथर र ताप्लेजुङका होटल तथा पर्यटन व्यवसायी संस्थाहरु ।

सम्पर्कः विजय राई– ९८४२७४५८३१ (अध्यक्ष, आयोजक संस्था)
देवी पौड्याल– ९८४२६३६५६७ (महासचिव, आयोजक संस्था)
ज्ञाननाथ दहाल– ९८५२६८०००४ (संयोजक, स्टल व्यवस्थापन उप–समिति)

इमेलः dharma.gotame@gmail.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार