शिरिसे माविको नवनिर्मित भवनको उद्घाटन

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका ५ सोयाङ स्थित शिरिसे माविको नवनिर्मित बहुतले भवनको उद्घाटन गरिएको छ। बिद्यालयको बार्षिक उत्सबको अवसर पारेर बिहिबार सो भवनको उद्घाटन माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीत बहादुर राइले गरेका हुन् ।

विद्यालयको भवन तत्कालिन जिल्ला शिक्षा कार्यालय इलामको  ३४ लाख र स्थानीयवासीको ५ लाख गरि कूल ३९ लाखको लागतमा सम्पन्न भएको जनाइएको छ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षक विद्यार्थी अभिभावक सबै लाग्नुपर्ने साथै गाउँपालिकाले पनि  आवश्यक सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष राईले बताए।

कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष उमेश राईको अध्यक्षता, गाउँपालिका अध्यक्ष जीत बहादुर राइको प्रमुख आतिथ्यता तथा वडा नं ५ का अध्यक्ष दाताराम संजेलको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार