सरस्वतीमा वार्षिक उत्सवमा खेलकुद

  गोबिन्द पौडेल
0 Shares

रोङ : इलामको रोङगाउँपालिका ६ स्थित सरस्वती माध्यामिक विद्यालयको ६२ औं वार्षिक उत्सव मंगलबाबाट सुरु भएको छ ।

तीन दिनसम्म चल्ने वार्षिक उत्सवमा मंगलबार विभिन्न खेलकुदका कार्यक्रम संचालन भएका छन् ।

बालबालिकाहरुका लागि विद्यालयकै हातामा पर्याप्त खेलमैदान नभएको कारण खेलकुल प्रतियोगिता नजिकैको गाजे खेलमैदानमा गरिएको थियो । बुधबार अन्तरसदनात्मक साँस्कृतिक कार्यक्रम र विहीबार रोङ गाउँपालिकाको अध्यक्षबाट नवनिर्मित भवनको उद्घाटन, रोचक साँस्कृतिक कार्यक्रम, पुरस्कार बितरण र समापन कार्यक्रम गरिने बिद्यालयका शिक्षक रोहित पोद्धारले बताए ।

करिव २ सय विद्याथी अध्ययनरत यस विद्यालय २०१४ सालमा स्थापना भएर कक्षा १ देखि ५ सम्म संचालित सो विद्यालय २०५१ सालदेखी निम्न माध्यामिक तहका कक्षाहरु संचालन गदै आएकोमा २०६५ सालबाट माध्यामिक तहका कक्षाहरु क्रमस ९ र १० संचालन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार