थुम्केडाँडामा थुम्के महोत्सब हुने

माईजोग्माई : समुन्द्री सतह बाट २ हजार ४ सय मिटर उचाईमा अवस्थित माईजोगमाइ गाउँपालिकाको वडा न ६ थुम्केडाँडामा थुम्के महोत्सब हुने भएको छ ।

८ बर्ष पहिले बाट स्थनियले सुर्योदयको दृश्यलोकन गर्न उतम रहेको थाहा पाए संगै थुम्के चर्चा मा आएको हो । यस स्थानमा सुर्योदयको दृश्यालोकन गर्न आउने पर्यटकको संख्या दिन दिनै बढन थाले सगै यो ठाउँको महत्व बढन थालेको हो ।

यस स्थानमा केही समय अगाडि गाउँपालिकाले भ्युटावर बनाउन ४ रोपनी जग्गा खरित गरिसकेको र भ्यु टावर निर्माणका लागि २० लाख बजेट बिनियोजन भइसकेको गाउँपालिका अध्यक्ष जित बहादुर राईले बताए ।

पर्यटनको बिकाश सगै माईजोगमाई गाउपालिकाको केन्द्र नयाँ बजारमा लाग्ने चर्तुरदर्शी मेला सगै मंसिर २३ गते दुम्के महोत्सब गर्न लागेको मेला आयोजक कमेटिका सचिब तिर्थ काफ्लेले बताए ।

अन्य ठाँउ भन्दा राम्रो संग सुर्योदयको दृश्य हेर्न सकिन्ने साथै भारतको विभिन्न भुभाग देखि नेपालको समथर तराइ भाग हेर्न सकिन्ने भएकोले थप प्रचार प्रासर होस भन्नको निमित्त महोत्सबको आयोजना गरिएको उनको भनाइ छ ।
थुम्के बाट १२ महिना सुर्योदयको दृश्यालोकन गर्न सकिन्ने र अन्य ठाउँ भन्दा लामो समय सम्म अवलोकन गर्न सकिन्ने भएकोले यसको थप प्रचार प्रसार गरेर बाह्र्य पर्यटक भित्र्याउन सके यो एक पर्यटकिय गन्तव्य मुख्य केन्द्र बन्ने मा दुईमत नभएको स्थानियको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार