माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाले लामो समयदेखि मेरुदण्डको समस्या लिएर उपचार गराउँदै आएका माइजोगमाई गाउँपालिका ५ सोयाङका टिकाराम राईलाई आर्थिक सहयोग प्रदान गरेको छ।
लामो समयदेखि मेरुदण्डको समस्याबाट पिडित भई उपचार गराइरहेका राईको आर्थिक अवस्था कमजोर रहेकाले गाउँपालिकाले आर्थिक सहयोग गरेको गाउँपालिकाका अध्यक्ष जीत बहादुर राईका निजी सचिब सञ्जिव थामीले जानकारी दिए।
पिडित राईलाई गाउँपालिकाका अध्यक्ष जीत बहादुर राइले नगद १५ हजारको चेक हस्तान्तरण गरेका हुन्।
यस अघि गत २८ असोज गाउँपालिकाले चट्याङ लागेर घाइते
भएका माइजोगमाई १ का निमा शेर्पा र उनकी छोरी गंगा शेर्पालाई ५ हजार, माइजोगमाई २ कि २४ बर्षिया ब्लड क्यान्सर पिडित अर्चना थामीलाई १५ हजार र मिर्गौला पीडित २४ बर्षिय योगेन्द्र थापालाई १५ हजार आर्थिक सहयोग गरेको थियो।