हराउदै मेला बजारहरु

माईजोग्माई : ५ बर्ष पहिले सम्म दसै , तिहार जस्ता ठुलो  चाँड सकिए लगतै इलामका बिभिन्न गाउँ ,ठाँउहरुमा लाग्दै आएका आफ्नै धर्म सस्कारमा लाग्ने मेला बजार आज भोली लाग्न छाडेका छन।तत्कालिन माओवादीको ससत्र १० बर्ष दन्दकालको समयमा आफ्नो ज्यानको कुनै प्रभाह समेत नगरी निरन्तर लाग्ने गरेकेको ती मेला बजारहरु अहिले आएर लाग्न छोडेको कारण इतिहासमा मात्र सिमित हुने देखिएको छ।
प्याङको सोमबारे बगरमा लाग्ने पुर्णे मेलाको ईतिहास १ सय ५० बर्ष अगाडी देखिको हो । बैशाखे पुर्णे र मंसिरे पुर्णेमा बर्षको २ पल्ट लाग्ने मेला ५ बर्ष देखि लाग्न छोडेको हो । बर्खा भरी काम गरे अन्न रोपेर मंसिरमा मुरि फलाएर भित्राए पछी सुरु हुने मेला बजारहरुमा लामो समय सम्म भेटघाट नभएको आफन्तजन देखि मेला बजारमा ३ दिन ३ रात सम्म धान नाच्ने गर्ने गदर्थे ।
सोमबारे मेला मै २२ बर्ष अगाडी धान नाचेर बिबाह गरेका प्याङका हिमाल थेबेलाई अहिले मेला बजार लाग्न छोडेकोमा दुखेसो पोख्दै भन्छन हाम्रो दुख सुखको बिसाउनी र साथी भाईसंगको भेटघाट चौतारी भने कै त्यही मेला बजार हो अब कहाँ गएर आफ्नो मनका कुराहरु पोख्ने । त्यसो त बिगत बर्षमा यस्तै मेला बजारमा चिनजान गरेरे बिबाह गर्ने परम्परा थियो । जमुनाको बुधबारेमा लाग्ने लक्ष्मी मेला लाग्न छोडेको ७ बर्ष भएको छ जहाँ हालको सन्दकपुर गाउँपालिका र माईजोगमाइ गाउँपालिकाको जमघट हुने थलो थियो ।यहि मेलामा रातदिन धान नाचेको जमुनाका प्रेम थेबेलाई हिजो अस्ति जस्तो लाग्छ यो मेला लाग्न छोडे संगै धान नाच नाचेको देख्न पनि पाईएको छैन उनले यसरी मेलाबजार लाग्न छोडे सगै लिम्बुको धान नाच लोप हुनेमा प्रेम लाई ठुलै चिन्ता छ । माबुमा लाग्ने चतुरे मेला र जोगमाइ को देबिको थानमा लाग्ने मेलाहरु लाग्न छोडेको धेरै बर्ष बितिसक्यो । प्याङको सोमबारे बगरमा बैसाखमा लाग्ने राईहरुले रातभरी नाच्ने चन्डी नाच हाल गाउँ घरमा दुर्लब हुन थालेको छ ।यसरी मेला बजार लाग्न छोडे संगै विभिन्न जातजातिको रितिरिवाजहरु लोप भएर जान थालेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार