चौपायामा खोरेतको संङ्क्रमण

  नन्दन सर्वत लिम्बू
0 Shares

 

देउमाई : देउमाई नगरपालिका जीतपुरमा खोरेत रोगको सङ्क्रम्ण बढेको छ ।

रोगले अहिले सम्म एउटा गोरु मरेको छ भने  बिसौ बढी चौपायालाई लाई सो रोगले सताएको  जीतपुरका कृषक दामोदर कट्टेलले बताए ।

खोरेत रोगका संन्क्रमित चौपायालाई उपचार भैईरहेको कृशक कट्टेलले बताए ।  FMD रोग अन्तर्गत भाईरस्को कारण मुख,खुट्टा खुरमा घाउ हुने कुहिने इन्फेक्सन भई जिब्रो मुख खुर घाउ हुने  र अन्तमा चौपाया मर्ने गरेको पशु डाक्टर निशान्त शाह को भनाई छ  ।

रोगी पशुलाई सफा पानीले घाउ धोईदिएर एन्टिबायोटिक भ्याक्सिन दिए रोगी पशु निको हुने डाक्टर को भनाई छ । खोरेत रोग विरुद्ध भ्याक्सिन नियमित नहानेमा र पहिले प्रभावित क्षेत्रमा यो रोग फेरि सङ्क्रमणको रुपमा देखिने गर्दछ  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार