इँटा उद्योगका म्यानेजरको गोली हानी हत्या

  नयाँ बुलन्द
0 Shares

सुनसरी : सुनसरीको दुहबीस्थित जय बाबा इँटा उद्योगका म्यानेजरको गोली हानी हत्या भएको छ ।

दुहबी–९ छाताबेलीमा रहेको उद्योगका म्यानेजर ५० वर्षीय फिदा हुसेनमाथि आज बिहान गोली प्रहार भएको हो ।

उनी दुहवी वडा नम्बर ९ का अध्यक्ष मेहन्दी हुसेनका भाइ हुन् ।

मर्निङ वाकमा गएको समयमा मोटरसाइकलमा आएका दुई जना अज्ञात व्यक्तिले हुसेनमाथि गोली प्रहार गरेका हुन् ।

छातीमा गोली लागेका उनको उपचारका लागि विराटनगर न्यूरो अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोली प्रहार गर्ने व्यक्तिको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार