नेपाल शिक्षक महासंघद्वारा तेस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक

  प्रनिश थापा
0 Shares

चितवन : नेपाल शिक्षक महासंघले तेस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

शिक्षिकाहरुलाई दरबन्दी, तलब स्केल, शिक्षक सेवा आयोगलाई संवैधानिक आयोगका रुपमा गठन गर्नुपर्ने, विद्यालय तहको शिक्षालाई तीनवटै तहको सरकारहरुको संयुक्त कार्यसूचीमा राख्नुपर्ने, अस्थायी शिक्षकहरुको आन्तरिक प्रतिस्पर्धा परीक्षाको नतिजा छिटो निकाल्नुपर्ने, सरकारी अनुदानबाट तलब पाउने अस्थायी, राहत, इसिडी, तत्कालीन उमाविका शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई पोशाक भत्ता तथा दुर्गम क्षेत्रमा कार्यरत शिक्षकहरुको स्थानीय भत्ता र थप पोशाक भत्ताका लागि यसै आर्थिक वर्षको बजेटबाट प्रबन्ध गर्नुपर्ने लगायत २६ बुँदे माग राख्दै महासंघले तेस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको बताएको छ ।

तेस्रो चरणका कार्यक्रमअन्तर्गत शुक्रबार जिल्ला समन्वय समिति चितवनमा धर्ना दिएर उनीहरुले बिरोध समेत जनाएका थिए ।

 महासंघले पहिलो चरणको आन्दोलनमा सरकारले कुनै सुनुवाइ नगरेको भन्दै महासंघले मंसिर २१ गतेदेखि काठमाडौँ जाऔँ अभियान चलाउने समेत चेतावनी दिएको छ ।

प्रथम चरणका आन्दोलनका कार्यक्रमअन्तर्गत उनीहरुले प्रचारात्मक आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । दोस्रो चरणमा अन्तक्र्रिया र लबिङका कार्यक्रम भएको थियो भने, तेस्रो चरणमा विरोधसहित धर्ना कार्यक्रम रहेको नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय प्रतिनिधि पूर्ण पुरीले जानकारी दिए ।

यता, स्थानीय तहमा शिक्षक–कर्मचारीमाथि अनधिकृत ढंगले स्थानीय सरकारद्वारा शैक्षिक आतंक सिर्जना गरेपछि आफूहरु आन्दोलनमा जानुपरेको महासंघका सचिव धुब्रराज पोख्रेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार