मिक्लाजुङ गाउँपालिकामा न्यायिक सम्वाद

  नयाँ बुलन्द
0 Shares

मिक्दाजुङ : पाँचथरको मिक्लाजुङ गाउँपालिकामा न्यायिक सम्वाद कार्यक्रम सम्पन्न भएको छ । उच्च अदालत विराटनगर इलाम इजलास, जिल्ला अदालत इलाम र जिल्ला अदालत पाँचथरको संयुक्त आयोजनामा भएको कार्यक्रममा मिक्लाजुङ र इलामको फाकफोकथुम गाउँपालिकाका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सम्वाद कार्यक्रममा उच्च अदालत विराटनगर इलाम इजलासका मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलले न्यायाधीशहरु जहिल्यै पनि स्वतन्त्र हुनुपर्नेमा जोड दिए । न्यायाधीशहरुले व्यक्तिगत भेटघाट भन्दा पनि सामूहिक भेटघाट मात्र गर्ने बताए । अदालतले जहिल्यै पनि ठीक फैसला गरेको भन्ने हुँदैन् कहिलेकाही सेवाग्राहीले दुख पनि पाईरहेका हुन्छन्, त्यस्ता दुख नहोस भनेर न्यायिक सम्वाद कार्यक्रम आयोजना गरिएको बताए ।

अदालतले गरिब तथा असहायका लागि बैतनिक वकिलको व्यवस्था गरेको बताउँदै इलाम इजलासका न्यायाधीश तेजनारायणसिंह राईले बताए । कोही गरिब तथा असहाय व्यक्तिले अदालतमा निवेदन दिनुप¥यो भने त्यस्ता व्यक्तिलाई वैतनिक वकिलले सहयोग गर्ने बताए ।

कार्यक्रममा उच्च अदालत विराटनगर इलाम इजलासकी न्यायाधीश यमुना भट्टराईले भदौं १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता र फौजदारी संहिताको बारेमा स्पष्ट पा।िन् । कुनै अपराधमा पहिले सर्वस्वसहित जन्मकैद हुन्थ्यो भने अहिले ऐन परिमार्जन भएर आजीवन काराबासको व्यवस्था रहेको उनको भनाई थियो ।

गाउँपालिका तथा नगरपालिकामा गठन भएका न्यायिक समितिमा चित्त नबुझेमा जिल्ला अदालतमा पुनरावेदन गर्न सकिने व्यवस्था समेत रहेको सो अवसरमा जानकारी गराईयो । रोङ गाउँपालिकामा पनि यो कार्यक्रम भईसकेको छ । अदालतका न्यायाधीश भेटन हुँदैन् भ्रम चिर्नलाई गाउँ–गाउँमा न्यायाधीश कार्यक्रमलाई अझ व्यापक बनाउने उच्च अदालत विराटनगर इलाम इजलासले जनाएको छ ।

कार्यक्रममा जिल्ला अदालत इलामका न्यायाधीश इन्द्रकुमार चोङटेन्ली, पाँचथरका न्यायाधीश मनोज केसी, फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठलगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार