फूटसल प्रतियोगिताको उपाधि कुरुम्बाको पोल्टामा

  नयाँ बुलन्द
0 Shares

गुरुङगाउँ : इलामको माङसेबुङ गाउँपालिका ३ स्थित गुरुङगाउँमा आयोजित खुल्ला नकआउट फूटसल प्रतियोगिताको उपाधि माङहि युवाक्लब थुमथुमे कुरुम्बाले जितेको छ ।

शुक्रबार भएको फाइलनमा प्रयास युवाक्लब चिवुवा लाई २१ ले पराजित गर्दै थुमथुमेले उपाधि चुमेको हो । उपाधिका लागि थुमथुमेका तर्फबाट समुल लिम्बू र निश्चल लिम्बूले गोल गरेका थिए । चिवुवाका तर्फबाट भने रोशल लिम्बूले एकमात्र सान्तवना गोल फर्काउन सफल भएका थिए ।

जितसँगै थुमथुमेले नगद २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र हात पार्‍यो । उपाविजेता चिवुवाले भने नगद १० हजार रुपैयाँमा चित्त बुझायो । प्रतियोगिताको सर्वाधिक गोलकर्ता विजेता थुमथुमेका सकुल लिम्बू घोषित भए । प्रतियोगिताभर ९ गोल गरेका उनले मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै उत्कृष्ठ खेलाडि उपविजेता चिवुवाका रोशल लिम्बू घोषित भए । उनले पनि मेडल र प्रमाणपत्र प्राप्त गरे ।

विजेता तथा उपविजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी ३ नम्बर वडा अध्यक्ष मैतराज राईले पुरस्कार वितरण गरे । कार्यक्रमका अवसरमा प्रतियोगिता संचालनमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई धन्यवादपत्र समेत प्रदान गरिएकव थियो ।

फाल्गुनन्द विकास संस्थाको आयोजनामा २२ कात्तिकदेखि संचालित प्रतियोगितामा इलाम र पाँचथरका विभिन्न ३२ टिमको सहभागीता थियो । प्रतियोगिता स्थानीय गुरुङगाउँ खेलमैदानमा संचालन भएको थियो ।

आयोजक फाल्गुनन्द विकास संस्थाका अध्यक्ष कृष्ण नेम्बाङको अध्यक्षतामा भएकव कार्यक्रमको संचालन स्थानीय सुरेशबहादुर लिम्बूले गरेका थिए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार