जीतपुर युनाईटडले फाईनल उपाधि चुम्यो

  नन्दन सर्वत लिम्बू
7 Shares

देउमाई : देउमाईको जीतपुरमा भएको आजको खेलमा जीतपुर युनाईटेडले २ का बिरुद्द ३ गोल गर्दै फाईनल उपाधि चुमेको छ ।

यो उपाधि संगै बिजेता टोलीले ५१ ह्जार नगद पुरस्कार ट्रफि र मेडल प्राप्त गरेका छन । त्यस्तै उपबिजेताले नगद रु ३१ ह्जार नगद र प्रमाण पत्र प्राप्त गरेका छन । उक्त खेलमा म्यान अफ दि सिरीज रतन खवास,उत्कृष्ट गोलरक्षक महेश लिम्बू, सर्वाधिक गोलकर्ता महेश लिम्बू र उदीयमान खेलाडि संजोग लिम्बू घोषीत भएका छन । उक्त खेलमा नगद सहयोग पुर्याउने नेता,शिक्षक,उध्योगी,ब्यापारी पत्रकार लगायतलाई सम्मान गरीएको थियो । याम लोरीङदेन लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि माननीय १ नम्बर प्रदेश सभा सदस्य केदार थापा,बिशेष अतिथि जील्ला समन्वय समिती प्रमुख गणेस बराल,त्यस्तै क्रमश नेपाली कांग्रेस महासमिती सदस्य नेपाली कांग्रश भेश राज आचार्य,हरी खनाल,केदार थापा नेपाल तरुण दल इलाम अध्यक्ष नरेन्द्र श्रेष्ठ,देउमाई नगरपालीकाका मेयर सुर्य पोख्रेल लगायत देउमाई नगरका वडाध्यक्षहरुको उपस्थिती थियो ।

ग्रामीण भेगमा सर्वाधिक पुरस्कार राशि मानिएको यो खेलको पहिलोपुरस्कारको प्रायोजन नेपाली कांग्रेस  पुर्बकोषाध्यक्ष डम्बर खड्का र दोस्रो पुरस्कारको प्रायोजन निर्माण ब्याबसायी संघका अध्यक्ष सुबास चिपालु रहेका थिए । इलाम झापाका गरी जम्म २० ओटा टिमको खेल कार्तिक १९ गते देखि संचालन हुदै आएको थियो । जीतपुर माध्यमिक बिद्यालयको खेलमैदानमा सम्पन्न भएको आजको फाइनल खेलमा उलेख्य मात्रामा दर्शकहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार