ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्य

इलाम : इलामको माङ्सेवुङ गाँउपालिकामा भएको ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक माङ्सेवुङ गाउँपालिका–३ का २८ वर्षीय नवीन कुरुम्बाङ रहेका छन भने सहचालक धनकुटा जिल्ला चौबिसे गाउँपालिका–८ घर भएका २२ वर्षीय गोकुल लिम्बू रहेकोे जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको झापाको दमक स्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

पाँचथरको रविबाट दमकतर्फ आउँदै गरेको अदुवा बोकेको मे १ त ८०२५ नंम्वरकोे ट्र्याक्टर दुर्घटना भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार