गजुरमुखी धाममा पूर्णिमा मेलाको तयारी

गजुरमुखी धाममा लागेको पूर्णिमा मेला । फाइल तस्वीर

गजुरमुखी (इलाम) : परम्परादेखि प्रत्येक वर्ष कात्तिक पूर्णिमाको अवसरमा इलामको माङसेबुङ गाउँपालका १ गजुरमुखी धाममा लाग्दै आएको गजुरमुखी धार्मिक मेला यस वर्ष पनि लाग्ने भएको छ ।

विकासका पूर्वाधारले पछाडि रहेको जिल्लाकै पश्चिमी क्षेत्रका धार्मिक महत्वको गजुरमुखीमा आगामी मंसिर ६ देखि ८ गतेसम्म विविध आकर्षक कार्यक्रमका साथ गजुरमुखी धार्मिक मेला आयोजना गर्न लागिएको हो ।

मेलालाई व्यवस्थित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि स्थानीय सुरेन्द्र नेम्बाङके अध्यक्षतामा ७ सदस्यीय मेला आयोजक समिति गठन गरी तयारी सुरु गरिएको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष इधिङ्गोको अध्यक्षतामा जनप्रतिनिधि, स्थानीय राजनैतिक दल, व्यापारी, व्यवसायी र स्थानीयको भेलाले मेला आयोजक समिति गठन गरेको हो ।

समितिका उपाध्यक्षमा वीरबहादुर गेदार, सचिवमा राजन थापा, कोषाध्यक्षमा राजेश राई तथा सदस्यहरुमा धनकुमार नेम्बाङ, लिलाप्रसाद लिम्बू र अनु अधिकारी रहेका छन् । परम्परागत रुपमा लाग्दै आएको धार्मिका मेलालाई यसवर्ष पनि निरन्तरता दिन तयारी सुरु गरिएको मेला आयोजक समितिका अध्यक्ष नेम्बाङले बताए ।

मेलाको अवसरमा गजुरमुखी देवीको दर्शन, पूजापाठ, स्थानीय जातजातीका सांस्कृतिक झा“कीहरुको प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रम र खेलकुदका प्रतियोगिताहरु तय गरिएको छ । मेलाको अवसरमा गजुरमुखी धाममा शुक्रबारदेखि खुल्ला अकआउट फूटल प्रतियोगिता संचालन हुँदैछ । स्थानीय भुलभुले सामुदायिक विकास संस्थाको आयोजनामा स्रचालन हुने प्रतियोगिताका विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै लिम्बूहरुको धाननाच (याःलाङ), च्याब्रुङ नाच (केलाङ), लोकदोहोरी साथै वृहत साँस्कृति कार्यक्रमको समेत आयोजना गरिने आयोजक समितिले जनाएको छ ।

मेला भर्न, दर्शन तथा पूजापाठ गर्न इलामसँगै पूर्वी नेपालको झापा, मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटाका तथा भारतको सिक्किम, दार्जिलिङ, खर्साङ, कालेङबुङ लगायतका ठाउँहरुबाट समेत भक्तजनहरु आउने गरेका छन् ।

गजुरमुखी देवीको दर्शनका लागि लाइनमा बसेका भक्तजनहर । फाइल तस्वीर

इलाम सदरमुकामदेखि करिब ४० किलोमिटर पश्चिममा अवस्थित गजरमुखीको दर्शन गरेमा बोलि नआएकाहरुको बोलि आउने र सन्तान नभएकाहरुको सन्तान प्राप्ति हुने जनविश्वास रहेको छ । यही जनविश्वासका कारण वर्सेनि हज्जारौंको संख्यामा भक्तजनहरु पाठपूजा गर्न तथा भाकल गर्न गजुरमुखी धाम आउने गरेका छन् । गजुरमुखीमा अहिले दैनिक सयौंको संख्यामा भक्तजनहरुको उपस्थिती रहन थालेको छ ।

मेची लोकमार्गअन्र्तगत इलामको नेपालटार–मंगलबारे–धुसेनी हुँदै मंगलबारेसम्म पक्की र मंगलबारेबाट कच्ची सडकमार्फत गजुरमुखी धाममा पुग्न सकिन्छ । जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुमध्ये गजुरमुखी पनि एक हो । धार्मिक आस्थाको लागि आउने गरेका पर्यटकहरु इलाम आएका बेला प्राय गजुरमेखी जान छुटाउँदैनन् ।

वर्षाको समयमा कच्ची सडक पर्यटकहरुका लागि केही असजिलो हुने गरेको भएपनि हिउँद याममा गाडीहरु चल्ने गरेकाले गजुरमुखी पुग्नका लागि उति असजिलो छैन । धार्मिक पर्यटकीय सम्भावनाहरु भएपनि उचित प्रचारप्रसार र पूर्वाधार विकासको अभावमा गजुरमुखीमा सोचेजति पर्यटक भित्र्याउन नसकिएको स्थानीयको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार