फक्ताङलुङ र जितपुर फाइनलमा

  नन्दन सर्वत लिम्बू
0 Shares

जितपुर : इलामको देउमाई नगरपालिका ९ जितपुरमा जारी खुला नकआउट फूटबल प्रतियोगतामा फक्ताङ्लुङ स्पोर्टिङ क्लब देउमाई नगरपालिका ९ र युनाइटेड जितपुर फाईनलमा प्रवेश गरेका छन् ।

बुधबार भएको सेमीफाइलनमा प्रतिष्पर्धीहरुलाई पाखा लगाउँदै फक्ताङ्लुङ र जितपुरले उपाधिका लागि शुक्रबार हुने पाइलनमा भेट पक्का गरेका हुन् ।

पहिलो सेमिफाइनलमा अजम्बरे बाद्ध स्पोर्टिङ देउमाई नगरपालिका ८ लाई टाइब्रेकरमा ३-१ ले पाखा लगाउँदै फक्ताङ्लुङ स्पोर्टिङ क्बल देउमाई नगरपालिका ९ फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय कुनै टिमबाट गोलरहित बराबरीमा टुङगिएपछि टाइब्रेकरबाट विजेता निर्धारण गर्नुपरेको थियो ।

त्यस्तै दोस्रो सेमिफाईनलमा फाल्गुनन्द स्पोर्टिङ महमाईलाई १-० को झिनो अन्तरले पराजित गर्दै जितपुर युनाईटेड विजेता बन्यो ।

तरुण दल साविक जितपुर गाउँ कार्य समितिको आयोजनामा जी प्रतियोगिताका विजेताले नगद ५१ हजार र उपविजेता ३१ हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको फाइनल शुक्रबार हुने आयोजक समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार