पाँचथरमा ३ मंसिरदेखि राष्ट्रिय परिचयपत्र वितरण हु‍ने

पाँचथर : पाँचथरमा पाइलट प्रोजेक्टको रुपमा काम गरिरहेको राष्ट्रिय परिचयपत्र वोर्डले आगामी ३ मंसिरमा नागरीकलाई हातहातमा परिचयपत्र वितरण गर्ने भएको छ ।

गत ५ असारदेखि नागरिकता प्राप्त नागरिकले राष्ट्रिय परिचयपत्रका लागि विवरण भराएका थिए । परिचयपत्र वितरण पाँचथरमा पहिलो हुने छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको वाहुलीबाट परिचयपत्र वितरण सुरु गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महार्निदेशक दीपक काफ्लेले जनाए ।

जिल्ला समन्वय समितिका प्रमुख बिष्णुप्रसाद साप्कोटाका अनुसार ३ मंसिरमा खुल्ला मञ्चमा जेष्ट नागरीक, एक महिला र एक पुरुषबाट प्रम ओलिको उपस्थितीमा परिचयपत्र वितरण गरिने तयारी भएको छ ।

पाँचथरमा २० कातिकसम्म परिचय पत्रका लागि विवरण फाराम भरेकाको संख्या ५० हजार ९ सय ७४ रहेको परिचय पत्रका महार्निदेशक काफ्लेले जनाए । ८ वटा स्थानिय तहमध्ये दुई वटा स्थानिय तहमा निरन्तर विवरण भर्ने काम भइरहेको बिभागका र्निदेशक शिवराज जोशीले जनाए ।

यो अभियान आगामी तीन बर्षमा सबै नेपाली नागरीकहरुले पुर्ण विवरण अधिकार प्राप्त राष्ट्रिय परिचय पत्र पाउने लक्षरहेको महार्निदेशक काफ्लेले जनाए ।

पाँचथर बाहिर ईलाम जिल्लालगायतको बिवरण संकलमा संविधानले दिएको अधिकार र सकारको लगानीमा बिवरण तयारहुने जनाइएको छ । यो अभियान छुटेका नागरकिहरलाइ सम्वन्धित निकायले निरनतर काम गर्ने जनाइएको छ ।

अहिले परिचय पत्र केन्द्रमा धमाधम छपाइ भइरहेको र्निदेशकको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार