सिद्धिथुम्का महोत्सवमा प्रमोदले झुमाए दर्शकलाई

  नन्दन सर्वत लिम्बू
0 Shares

सिद्धिथुम्का : “म बिना कसैकसैलाई मुस्किल छ पोखरामा……, ओई झुमा ओइ झुमा झुम्कावली…… हुँदै चल बतास चल……” गीत गाउँदै गएपछि युवा युवतीमा साङ्गितिक माहोल र युवायुवती पनि उतिकै झुम्दै जान्छ्न् ।दर्शक झुमाउन पारङ्गत खरेल फास्ट बिट्का गीत गाउँदै नचाउँछ्न् ।

यो दृश्य हो सिद्दिथुम्कामा आयोजित सिद्धिथुम्का पर्यटन महोत्सवको दोस्रो दिनको साँझ पखको समयको । साङ्गितिक कार्यक्रमका मुख्य आकर्षणका रुपमा रहेका प्रमोद खरेलले ब्याक टु ब्याक तीन ओटा गीत गाएपछि बिदा भाग्न खोज्छ्न् तर दर्शक मान्दैनन ।

उनी एक दुई टुक्का गीत गाउँछ्न् र भुलाउँछन् । दर्शकको अत्यधिक माया पाएका लोकप्रिय गायक पुन एक गीत गाउन बाध्य हुन्छ्न्…….बाँसैको चोयाले ……..लाई देउन मायाले भन्दै हाम्रो इलाम राम्रो इलाम भनी तारिफ गर्दै र पुन भेट्ने बाचा गर्छन् ।

उनी ओझेल हुन्छन् दर्शक स्तब्ध । अनि दर्शक छ्ताछुल्ल हुन खोज्छन् तर इलाम युनिभर्सल इन्स्टिच्युटका कोरियोग्राफर रोशन कर्माचार्यले उद्घोषकलाई एउटा नृत्य देखाउन अनुरोध गरेपछि छरपस्ट माहोल फेरि एकत्रित हुन्छन् । दर्शक पुन झुम्न थाल्छ्न् । पुन मायाको चिनो स्वरुप चियाको प्याक दिन बोलाइन्छ । माहोलबाट जोड्दार ताली आउँछ ।

खरेलसँगै आएका मोडेल सुधिर खनाललाई पनि मायाको चिनो दिई सम्मान गर्छन् सिद्दिथुम्काबासी । उद्घोषक सुमन ल्वागुले हाँस्य बिधा आउने उद्घोष गरेपछि दर्शकदीर्घा खुसी हुँदै ताली बजाउँछ्न् । स्टेजमा देखा पर्छन् थैले बुडा सुबाश लकान्द्री । उनी दर्शकलाई स्वागत गर्दै कार्तिक महिनाको कुकुरको प्रसङ्ग निकाल्दै कुकुरले कार्तिक महिना नरमाइलो हुदाँको आवाज निकाल्दै दर्शक आफुतिर तान्न खोज्छ्न ।

रमाइला टुक्का र मानबिय सम्बेदना र सम्बेगको आवाज निकालेर दर्शक हँसाउन प्रयास गर्छन् । त्यस्तै विभिन्न नेताका, महिला पुरुषका आवाज नक्कल गरेर दर्शकलाई मनोरञ्जन प्रदान गर्दछ्न् । त्यस्तै लोकप्रिय कार्यक्रम प्रस्तोता सिरु सान्दैको नक्कल गर्न खप्पिस थैले बुडाको प्रस्तुती मन पराएका थिए ।

त्यस्तै उनले नायक दिलिप राईमाझी, मुस्कान पासा र नेता शेरबहादुर देउवा, केपी ओली, प्रचण्डको पनि नक्कल गरेका थिए । त्यस्तै क्रमश स्थानीय कलाकारको गायन जोडिन्छ दर्शक बाधिन्छ्न स्टेज नजिक । फेरि माहोलले हुटिङ गर्छ जब उद्घोसक्ले सुनिल गुरुङको नृत्य आउदैछ भन्छ्न् । त्यस्तै अर्को नृत्य थपिन्छ पुरानो चर्चित फुलको थुङ्गा हौकी….. ।

दर्शकको आवाज चिच्याहट बड्दै जान्छ । नेपाली देखि हिन्दी गीतको नृत्यमा माहोल अझै तातिन्छ । जब उद्घोषकले कार्यक्रम सकिएको संकेत गर्छन् भोलिको झुल्के घामको दृश्यावलोकन गर्न अनुरोध गर्दै दर्शक छ्ताछुल्ल हुँदै बाटो तताउँछ्न् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार