नेपाली पत्रकारिता र हाम्रो समाज

पत्रकारिता एक प्रतिष्ठित ,सम्मानित र मर्यादित पेसा हो ।एउटा  पत्रकार ले जहिल्यै समयको दैनिकी र घटना लेखिरहेको हुन्छ र अाम मानिस लाई सूचना प्रवाह गरिरहेको हुन्छ उसले कलमकै माध्यम  बाट समाज भित्रका राम्रा नराम्रा पक्ष लाई उजागर गर्दै समाजलाई टेवा दिईरहेको हुन्छ । पत्रकारिता लाई कैले सिकि नसकिने बिषय देखि  लिएर   हतारिएको साहित्य भन्ने  सम्मका परिभाषित गरिएको छ ।
पत्रकारिता र पत्रिका प्रकाशन को बारे खोजी गर्दै जादा एक्टा डिउर्ना भन्ने पत्रिकालाई संसारकै पहिलो  पत्रिका मानिएको देखिन्छ जुन ई पु५९तिर अारम्भ भएको अनुमान गरिएको  छ।

नेपाली पत्रकारिताको सन्दर्भमा यसको बिकास क्रमको दृष्टि ले त्यति लामो समय ईतिहास छैन तर खोजी गर्दै जादा बि स १९४३मा बनारस बाट प्रकाशित गोरखा भारत जीवन सम्म, पुग्न सकिन्छ नेपाली  पत्रकारिताको बीजारोपण  यसै मार्फत भएको ले यसको ऐतिहासिक महत्त्व रहेको  पाईन्छ अर्कोतर्फ त्यस बेला राणा शासन ब्याप्त थियो ।
नेपाल बाटै छापिएको पहिलो पत्रिका भने सुधासागर रहेको छ जुन साहित्यिक पत्रिका रहेको छ ।समाचार  मूलक पहिलो पत्रिका को रुपमा गोर्खापत्र रहेको र बि स १९५८बाट यसको  प्रकाशन सुरुवात भएको हो ।.
यो पत्रिका प्रकाशन को ५९बर्ष पछि दैनिक  रुपमा प्रकाशन भएको देखिन्छ त्यसैले नेपालको पहिलो  दैनिक पत्रिका भने सिद्धिचरण श्रेष्ठ द्वारा  सम्पादित अावाज रहेको छ। अर्कोतर्फ २००७साल मसिंरबाट रधुपति जुट मिल्स बिराटनगरमा प्रजातन्त्र रेडियो को नामबाट प्रसारण शुरु गरियो र पछि ताराणीप्रसाद कोईरालाको अगुवाइमा सिहदरवार हाताभित्र राणा का केटाकेटी पढ्ने घरबाट प्रसारण थालियो   रेडियो नेपालको प्रसारण शुरुआत ले नेपाली पत्रकारितामा नयाँ अायाम थपिन्छ ।
यसरी  भर्खरै  भर्खरै  बिकासको सोपान चढदै गरेको नेपाली पत्रकारिता जगत नेपालको राजनीतिक उताढ चढाव द्वारा प्रत्यक्ष वा परोक्ष रुपमा ज्यादै प्रभावित रहेको देखिन्छ जसको फलस्वरूप ०१७साल पछिको स्थितिमा पत्रकारले अाफुलाई लागेको र देखेको  कुरा निर्धक्क साथ लेख्न पाएनन्  कतिपय पत्रपत्रिकामा प्रतिबन्ध लगाईए भने पत्रकार हरु माथि दमन पनि गरियो यसै कारण नेपाली पत्रकारिता र पत्रकारले अाफ्नो अस्तित्व रक्षार्थ संघर्षरत रहनु पर्यो लेखेकै कारणले  पत्रकार पदम ठकुराठी माथि अाफ्नै घरमा ज्यान लिने उदेश्य ले गरिएको अाक्रमण नेपाली पत्रकारिताको ईतिहासमा पहिलो घटनाको रुपमा दर्ज भएको छ पञ्चायत का बिकृति बिसङगतिको पर्दाफास हुने गरि लेखेकै कारण उनी माथि अाक्रमण भएको थियोे ।
यसै बीच  पञ्चायत कालिन समयमा नै नेपाल टेलिभिजनको प्रसारण प्रारम्भ भयो यसरी नेपाली पत्रकारिता लाई ०४६ सम्मको अवधि लाई राम्रा नराम्रा पक्ष हरु सहित गतिशील मान्नुपर्छ ।
नेपाली पत्रकारितालाई जम्मा २भागमा बर्गिकरण गरिएको पाईन्छ त्यसमा मुद्रण पत्रकारिता र बिद्युतीय पत्रकारिता पर्दछन ।
छापामा अाउने सामाचार सामाग्री लाई मुद्रण र बिद्युतीय तरङगमा काम गर्ने संचार लाई बिद्युतीय भनिएको छ । बिद्युतीय पत्रकारिता पनि ३प्रकारका रहेका छन्  ती हुन ।

१)रेडियो पत्रकारिता
२)टेलिभिजन पत्रकारिता
३) अनलाइन पत्रकारिता
अनलाइन पत्रकारिता लाई अत्याधुनिक पत्रकारिता वा कान्छो पत्रकारिता पनि भनिन्छ ।नेपाल न्यूज डटकम बाट शुरुआत भएको नेपाली अनलाइन पत्रकारिता हाल अाएर निकै फस्टाएको पाईन्छ ।

नेपाली पत्रकार हरुको पेसागत संगठन २००८सालमै बनेको भए पनि त्यो कृयाशील नदेखिए पछि  २०१२सालमा कृष्णप्रसाद भट्टराई को अगुवाइमा नेपाल पत्रकार संघको स्थापना भयो जुन २०५३साल देखि नेपाल पत्रकार महासघंमा परिणत भयो ।नेपाल पत्रकार महासघं नेपाली पत्रकार हरुको छाता संगठन हो तर निश्चित राजनीतिक अास्थामा चलेका पत्रकार संगठन हरुको सिन्डिकेट को चपेटामा परेर  सबै लाई अटाएको पाइदैन सदस्यता बितरण तथा निर्वाचन को समयमा कतिपय  जिल्ला शाखामा देखिने गरेको बिबाद  वा कार्यालय  तालाबन्दी जस्तो क्रियाकलाप यसैको परिणाम मान्न सकिन्छ ।

यो नेपाली पत्रकारिता भित्रको नकारात्मक पाटो हो यसले पत्रकार पत्रकार बीच एकता ,मेल र सहकार्य लाई टुटाउछ र अापसमा बैमन्स्यता बढाउनुको साथै एक संगठनले अर्को संगठन को अस्तित्व नै स्वीकार नगर्ने ठाउँमा पुर्‍याउछ ।अाफ्नो पेसागत सुरक्षा ,हक ,हित र अधिकारका लागि  लड्न संगठन अावश्यक परे पनि दलिय प्रभावमा रहनु महासंघ लाई अाफ्नै पेवा ठानेर अाफ्ना वरिपरि का लाई सदस्यता दिनु र भर्तिकेन्द्र बनाउने प्रचलनले नेपाली  पत्रकारितामा शुद्धता को अभाव देखिन्छ यो प्रवृत्ति हटाउनु जरुरि छ ।

पत्रकार ले पत्रकार अाचारसंहिता मा रहेर समाजमा भएको र देखेको कुरा लेख्नु पर्दछ  ऐले पनि सरकारी कर्मचारी देखि  लिएर जनताले छानेका प्रतिनिधि ले समेत समाचार को बिषयलाई लिएर भौतिक अाक्रमण बाट उत्रने पत्रकार लाई धम्काउने जस्ता प्रेस स्वतन्त्रता बिरोधि हर्कत हरु भैराखेका छन यसले नेपाली पत्रकारिता र पत्रकारको स्थिति कस्तो छ भन्ने देखाउछ । राज्यको चौथो अङ्ग भनिए पनि राज्यले भर्खरै ल्याएको ऐनले पनि प्रेस तथा अभिब्याक्ति स्वतन्त्रता माथि गम्भीर कुठाराघात गरेकोमा पत्रकार हरु अान्दोलनरत छन ।

पत्रकार हरुले समाजका हरेक गतिविधि माथि निगरानी राख्दै सबैलाई सचेत गराउने किसिमले लेख्नु र निरन्तर खवरदारी गर्नु तथा समाजलाई सहि दिशा प्रदान गर्नु पर्छ नेपाली  पत्रकारिता को मूल धर्म पनि यहि हुनु पर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार