पर्खाईमा बसेको छ हर्कटे (कविता)

म प्रत्येक पल्ट
हर्कटेमा रहँदा
सुटुक्कै पुग्ने गर्छु
त्यो बाघडाँडा,
चाहे दिनमा होस् या अधेँरी रातमा
त्यो बाघडाँडाबाट देखिने
तारगाउँ, श्रीअन्तु, खार्साङ्ग
अनि भारतीय भुभागहरुको
मनोरम दृश्यहरुले
मनै लोभ्याउँछ,
अभाष दिलाउँछ
जिउँदै स्वर्ग पुगेको ।
तर यहाँको बासिन्दारहरुलाई
यो अनुभुति कहिले हुन सकेन
सुनेकोथेँ कस्तुरीले
आफ्नो नाइटोबाट आउने
सुगन्धको खोजीमा निस्किदाँ
भीरबाट खसेको ।
त्यहिँ उखानलाई ध्यानमा राख्दै
मैले २०७३ सालमा लेखबाट
यहाँका बासिन्दारहरुलाई
त्यो सुगन्धको महसुस गराउने
प्रयास गरेँ….
मलाई लागेको थियो
अब हर्कटेलाई पनि
पर्यटकिय स्थलमा देख्न पाइने भो
तर २ बर्ष बिति सक्दा पनि
काहिँ कतै यो बिषयमा सुन्न, हेर्न पाईएन
अहिले आएर महसुस हुदैँछ
म असफल भएको ।
एक मनले सोच्छु
यहाँका बासिन्दारहरु बीच
एकता नभएको हो कि
तर
कुनैबेला मेरो आँखा अगाडि नै
सामाजिक दुर्घटना हुदाँ
बजार नै ओइरिएर भेला हुने
यहाँका बासिन्दारहरुमा
एकतामा मतभेद छभन्ने
कुरा नै आउँदैन ।
यदि यहाँका बासिन्दारहरुको
मन, चाह हुनुभने
यहाँका बासिन्दारको जस्तो
एकता अरु कहिँ छैनजस्तो लाग्छ ।
अर्को मनले सोच्छु
नेतृत्वमा कमजोर होला…
तर अवसर पाउँदा
राष्ट्र नै चलाउने खुबी भएका
व्यक्तिहरु भेटछु म
मलाई लाग्छ,
यो बाजारमा जस्तो
शिक्षित पढेँ लेखेको मान्छेहरु
अर्को शहरमा खोज्दा भटिन्न?
खोई के भएर हो,
यहाँको बासिन्दारहरु अलमल्ल परेको
गरुँडको अगाडि सर्प लट्ठिएको जस्तै
कतै सुन्दर कन्यामको रुपमा परेर हो कि
कतै पथिभरा देविको मोहमा परेर हो कि
आफु बसेको ठाउँ हर्कटे
ओझेलमा पर्दा पनि
खासै असर नपरेको
नत्र त यो हर्कटेलाई पनि
यहाँ भएका स्रोत र साधनहरुलाई सिगाँर्दा
लाग्छ आफ्नो पहिचान आफैं बनाउने थियो
संसारलाई यस ठाउँको परिचय गराउँदा
कन्याम पुग्नु अघिको स्टेण्ड
पाथिभरा मन्दिर काटेपछि आउने स्टेण्डभनेर
भन्नु पर्ने थिएन ।
पर्खिनु त पर्खिरहेको छ
यो हर्कटेले
एक दिन पर्यटकीय स्थल हुन्छुभनी
उचित समय
हर्कटेलाई चिनाउँदा
गौरव मान्ने नेतृत्वको पर्खाइमा ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार