छोरीको हत्यारालाई कारवाहीको माग गर्दै निर्मला पन्तका आमाबुवा धर्नामा

कञ्चनपुर : छोरीको हत्यारा सार्वजनिक गरी कारवाहीको माग गर्दै निर्मला पन्तका आमाबुवा धर्नामा बसेका छन् । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ बर्षीया पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै निर्मलाका बुवा यज्ञराज र आमा र दुर्गादेवी पन्त जिल्ला प्रशासन कार्यालय कन्चनपुरमा धर्नामा बसेका हुन् ।

छोरीको बलात्कारपछि हत्या भएको तीन महिना भन्दा बढी समय बितिसक्दा पनि स्थानीय प्रशासनले हत्यारालाई कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै उनीहरु अनिश्चितकालीन धर्नामा बसेका छन् । हत्यारा सार्वजनिक नगरेसम्म प्रशासन कार्यालय अगाडि २४ सै घण्टा धर्नामा बस्ने चेतावनी दिएका छन । हत्या भएको १०९ दिन वितिसक्दा समेत सरकारले अपराधीलाई कानुनी दायारामा ल्यान नसकेको भन्दै उनीहरु धर्नामा बसेका हुन् । यस्तै धर्नालाई नागरिक संघर्ष समितिले पनि साथ दिएको छ ।

नागरिक संघर्ष समितिले मदनचोकबाट दबाब ¥याली समेत निकालेको थियो । ¥यालीमा नागरिक समाजका अगुवा, विद्यार्थी, शिक्षक, पत्रकार, मानवअधिकारकर्मी, महिला अधिकारकर्मी लगायत सरोकार निकायले सहभागीता रहेको थियो । साथीको घरबाट गृहकार्य गरेर गत साउन १० गते घर जान हिडेकी निर्मलाका साउन ११ गते बिहान नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार