खुल्ला नकआउट फूटसल प्रतियोगितामा शनिबार ५ खेल

गुरुङगाउँ : इलामको माङसेबुङ गाउँपालिका ३ स्थित गुरुङगाउँमा खुल्ला नकआउट फूटसल प्रतियोगितामा शनिबार पाँच खेल सम्पन्न भएका छन् ।

आइतबरको खेलमा

सिक्तेम्बा ए, केराबारी, ढुङगे, सिक्तेम्बा वी र सौगात युवाक्लब सिङलाबु विजयी भएका छन् । पहिलो खेलमा गैरीगाउँ ए लाई १–० ले पराजित गर्दै सिक्तेम्बा ए, दोश्रो खेलमा  गैरीगाउँ बी लाई १–० ले पराजित गर्दै केराबारी, तेश्रो खेलमा अक्करलाई १–० ले पराजित गर्दै ढुङगे, चौथो खेलमा भोटेडाँडालाइ १-० ले पराजित गर्दै सिक्तेम्बा बी र अन्तिम खेलमा आयोजकलाई २-१ ले पराजित गर्दै सौगात युवाक्लब सिङलाबु विजेता बन्यो ।

प्रतियोगिता अन्तरगत आइतबार पनि ५ खेल संचालन हुनेछन् । पहिलो खेलमा चतुरे र थुमथुमे कुरुम्बा, दोस्रो खेलमा साविक इभाङ ५ र चिवुवा, तेस्रो खेलमा साविक इभाङ ४ र थुमथुमे कुरुम्बा बी, चौथो खेलमा चिवुवा बी र साविक इभाङ ३ तथा अन्तिम खेलमा डाँडागाउँ र साविक बाँझो ६ बीच प्रतिष्पर्धा हुने आयोजक समितिका सचिव प्रविन लिम्बूले जानकारी दिए ।

स्थानीय फाल्गुनन्द विकास संस्थाको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता र उत्कृष्ठ खेलाडीले समेत मेडल र प्रमाणपत्र पाउनेछन् । ३० कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा इलाम र पाँचथरका विभिन्न ३२ टिमले सहभागीता जनाएका छन् ।

प्रतियोगिता स्थानीय गुरुङगाउँ खेलमैदानमा भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार