फक्ताङ्लुङ, सोयाक र पाथिभरा विजयी

  नन्दन सर्वत लिम्बू  110 पटक हेरिएको

जितपुर : इलामको देउमाई नगरपालिका ९ जितपुरमा जारी खुल्ला नकआउट फूटबल प्रतियोगिताको शनिबार पाचौं  खेल सप्पन्न भएको छ । शनिबारको खेलमा फक्ताङ्लुङ, सोयाक र पाथिभरा विजयी बनेको छ ।
फक्ताङ्लुङ फुटबल क्लब देउमाइ नगरपालिकाले वरभन्ज्याङ फुटबल क्लब देउमाइ नगरपालिका ३ लाई २ का बिरुद्ध ४ गोलले पराजित गरेको छ। त्यस्तै कपर्सुका फुटबल क्लब र सोयाक ८  महमाई एमएफसी र पाथीभरा फुटबल क्लब्को बिचको खेलमा कपर्सुका र महमाई एमएफसीको अनुपस्थितिमा सोयाक ८ र पाथिभरा फुटबल क्लब स्वत बिजयी घोषित भएका हुन।
५१ हजार प्रथम र ३१ हजार दोस्रो नगद पुरस्कार ब्याबस्था गरिएको प्रतियोगिताको आयोजना तरुण दल जीतपुर गाउँ कार्य समितिको आयोजनामा संचालन भइरहेको छ । उक्त खेलको फाइनल कार्तिक ३० गते शुक्रबार हुने आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार