फाल्गुनन्द (कविता)

  कवि : चुक्सा याप्मी
0 Shares

समयको गर्भ बाट
ब्रह्माण्डको यो सिंगो परिधिभित्र
अज्ञानताको गहिरो अन्धकार लाइ चिर्दै ।
आदिम मना तेम्बेको भुमी हुँदै
पारुङ मारुङ तेम्बेको आगनिमा
उभिएको छ चेतनाको अग्लो पहाड ।

गाउँ गाउमा।
लिम्बुवानको थुम थुममा।
मुन्धुमि लयमा तुंगेमुक बजाउदै
तिङदिङ्तिङ ~~~ तिङदिङतिङ
चाना चानु सगि याक्ला चानु
मिक्वा नु खेक खेक आबुला सानु
किन गाउदै हिडिरहयो सिवाखाहुन?
मुन्धुम फलाक्दै फलाक्दै
जिबनको उधौली-उभौलिहरुमा
आफ्नै समुदाय लाई सम्झाउदै बुझाउदै
दिनरात नभनि किन हिडिरहयो  फाल्गुनन्द?

लोब्रेकुटिमा।
दस लिम्बुवान सत्र थुमको सारा
तुत्तु तुम्याहाङको चुम्लुङ बसेर
1988 सालमा खडा गरेको दस्तावेज
किन बुझ्दैन सत्य धर्म मुचुल्का ?

राजनीतिक जालोमा
अन्याय र अत्याचारको जातोमा पिसेर
समस्याको घनघोर जंगलमा लुकिछिपी
भाषा,लिपि,धर्मको प्रचारप्रसार गर्दा
कि कयौ पटक देखेको हो दोषी
सहेकै हो पटकपटक बर्बर ज्यादती

महाराज।
तिम्रै सामुन्ने।
कस्तरी खस्यो हातमा बाधेको निरंकुश हातकडी?
कस्तरी तीन छक्क पर्यौ
देखेर साक्षात देव अवतार ?

ज्ञानको ओडार बाट
सत्य,शान्ति र अहिंसाको सन्देश फैलाउदै।
भौतारिदै एक्लै एक्लै किन हिडिरहयो?
सत्य र अहिंसाको पक्षपाती फाल्गुनन्द लाई
किन भनिरहेछ बारम्बार साधु,सत्यहाङमा?
एउटा महान बिचारक किन खोजिरहेछ उन्मुक्ति?
विश्व शान्ती मानब एकताको किन गरिरहेछ शंखघोष?

अबिश्वासको नजरमा परिक्षण गर्यौ।
भिर पहिरो के के रोक्न लगायौ
त्रिशूल गाडेर पानी उमार्नु लगायौ
यी सबै सबै दृष्टान्त आखै अगाडि देखेर
कस्तरी लाग्यो यति धेरै चमत्कारिक ?
कस्तरि प्रभावित भयौ देखेर अलौकिक घटना?
बिश्वासले पुजेर साम्यो रे खिबे
कस्तरी फैलियो अनन्त अनन्त सम्म?

युद्धको मोर्चामा
दुश्मन लाइ परास्त गर्न-
रणभुमिमा निस्किएको एउटा सिपाही
किन तेर्साएन दुश्मन तिर बन्दुकको नाल?
किन चलाएन बम,बारुद आधुनिक युदपोत?
बरु उल्टै बिना निशाना असंख्य गोलिहरु
बुटुङटुङ ~~~ बुटुङटुङ
आकाश तिरै किन चलायो हवाई फायर?
पल्टन बाट किन फर्कियो आफ्नै भुमी?
किन सुनाउदै हिडीरहयो मामाङको इङ्घङ?

फाल्गुनन्द
फेरि पनि आएको छु जन्म लिएर
ए सावायेहाङ किरातिहरु हो मलाइ कहिले चिन्छौ?

कवि : चुक्सा याप्मी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार