नमुना सडक बनेपछी स्थानियमा खुशियाली

इलाम : नमुना सडक बनेपछी स्थानिय खुशी भएका छन् । वर्षा याममा मात्र होइन नेपालीहरुको महान चाड दसैं तिहारमा समेत बिगतका बर्षमा हिल्लामे हुने सडक निर्माण भएपछी सहज यात्रा गर्न पाएका उनिहरुमा    खुशी  छाएको हो ।

सडक निर्माण भएपछी इलाम नगरपालिका ९ (साबिक ४) भगवती टोलका स्थानिय मात्र होइन चाड पर्बमा आफन्तकोमा आउने पाउना समेत यस बर्ष खुशी भएका छन ।


बिगतमा सडकको नाम मात्र थियो । हिलोले सडक अस्तब्यस्त हुन्थ्यो , मोटरसाईकल चलाउनको लागि मात्र होईन हिड्नको लागि समेत हम्मे हम्मे हुने गदर्थो ।
टोल – टोलमा पुग्नको लागि निकै कठिन थियो ।
विकासको कामबाट टाढा रहेको गोलाखर्कको भगवती टोलमा स्तरीय सडक बनाउन स्थानिय आँफै कम्बर कसेर लागेका थिए ।

स्थानिय उपभोक्ताले सडक निर्माणमाका लागि आवशयक साधन (जेसिभी ,ट्रयाक्टर आदी ) बिबी निर्माण सेवाको प्रयोग गरेर काम गरेका थिए । सोचेभन्दा बढी काम भएपछी स्थानीय दंग परेका छन् । उनीहरु घर आँगनमा स्तरीय सडक बन्दा टोलकै मुहार फेरिएको स्थानीयको विश्वास छ ।

भगवती स्कुल मेची राजमार्ग बग्ररे सडक खण्डकोे चौडाई बडाउने र सडकको स्तरउन्नती गरिएको हो ।
इलाम नगरपालिकाको पाच लाख र स्थानिय उपभोक्ता को  २ लाख चौध हजार दुई सय ९६ रुपैयामा बनाइएको ४ सय ५० मिटर लम्बाइ भएको सो सडक खण्डमा एक ठाउँमा मेसिनरी वाल बनाएको छ भने आर सिसी कजवे र बाटो ७ मिटर चौडाई रहेको सडकमा १०० मिटर सम्म ग्राभेल गरिरहेको छ ।

नगरपालिकाले स्थानीय सडक निर्माण उपभोक्ता समिति लाई २०७५ पुस १० गते भित्र सक्ने सम्झौता गरिदिएको भए पनि त्यो भन्दा अघि नै सकिएको स्थानिय उपभोक्ता एबम बिबी निर्माण सेवाका साईड मेनेजर शेखर बिष्टले नयाँबुलन्द लाई जानकारी दिए ।

यता इलाम नगरपलिका वडा न ९ का वडा सदस्य रुद्र बहादुर बिष्टको भने प्रत्यक्ष जनप्रतिनिधिको रेखदेखमा विकास निर्माणको काम हुँदा गुणस्तरिय काम भएको भनाई छ । बिकासको काम देखेर स्थानीय पनि उत्साही भएको बताउँदै उनले भने ।
वडाले छुट्टाएको बजेटमा उपभोक्ता समिति बनाएर विकास निर्माणको काम गर्दा प्रत्यक्ष जनताको सहभागिता हुने हुँदा थोरै बजेटमा धेरै काम भएको बताए ।
जनताको चाहाना अनुसार विकासका योजनाहरु छनोट हुँदा प्रभावकारी काम भएको अर्का स्थानीय हेम तिम्सिनाले बताए ।

 

यस्तो छ यो बाटोको महत्व

यो बाटो भगवती टोलको मुख्य र आकर्षक बाटो हो । ७ मिटर चौडाई भएको यो बाटोले मेची राजमार्ग लाई छोटो दुरिमा जोड्ने भएकाले भगवती टोलका बासिन्दालाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने भएको छ ।

त्यति मात्रै होइन पहिले हिलोबाट आवातजावत गर्ने गरेकाहरुका लागि यो बाटो निर्माण सम्पन्न भएपछि सहज सँग नै आफ्नो सवारी साधन आफ्नै घरमा लग्न सकिने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार