आधुनिक संगीतमा भविष्य खोज्दै अनिल

कन्याम : ईलामले जन्माएको थुप्रै कलाकर्मीहरु राष्ट्रिय स्तरमा स्थापित भइ देश बिदेशमा आफ्नो प्रस्तुती दिएर प्रशस्त नाम र दाम कमाईसकेका छन् ।

कतिपय आधुनिक संगीतमा आफ्नो भाग्य र भबिष्य खोज्न संघर्षरत छन् । तीनै भीडमा पछिल्लो पटक उदाएका एक गायक हुन कन्याम सिद्धिगाउको अनिल घिमिरे ।

२०५२ सालमा जन्मिएका यी नवोदित गायक घिमिरे आधुनिक गीत संगीतको क्षेत्रमा निकै राम्रो सम्भावना बोकेका प्रतिभा हुन ।

पेशाले शिक्षक रहेपनि आधुनिक गीत संगीतमा राख्ने यी प्रतिभा विशेष गरी भक्तराज आचार्य, नारायण गोपाल, कुबेर राई, लेखु विवसका गीतहरुबाट प्रभावित रहेको बताउँछन् ।

तपाईंका उमेरका युवाहरु र्‍याप, रिमिक्स र बिदेशी संगीतमा रमाईरहँदा तपाई चाहीँ कसरी सुगम संगीत तिर ढल्कनु भो? भन्ने जिज्ञाशामा उनले आधुनिक गीत संगीत कालजयी र अमर हुने र आफूलाई मन पर्ने  विधा भएकोले आफू यसैमा रमाउने बताए ।

सर्जक पुजन प्रधानको रचना तथा गायक संगीतकार वृष प्रधानको संगीतमा ‘नरोई देउ सुन्छन अरुले….’ बोलको गीत रेकर्ड गराईसकेका घिमिरे आजभोली अन्य आधुनिक तथा देशभक्तिका गीत रेकर्ड गर्ने तयारीमा लागेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार