शान्ति निकेतनको हिरक जयन्ति सम्पन्न

रोङ : रोङ गाँउपालिका वडा न‌‍ ३ मा रहेको शान्ति निकेतन माध्यामिक बिद्यालयको हिरक जयन्ति आज धुमधामको साथ सम्पन्न भएको छ ।

बिद्यालय स्थापनाको साठी औ बर्ष पुरा गरेको अवसरमा हिरक जयन्ति मनाइएको हो । बिद्यालयमा अध्ययनरत छात्र छात्राहरुमा रहेको बिबिध प्रतिभाहरुलाइ प्रतिस्पर्धात्म रुपमा प्रस्फुटन गराउन बिद्यालयले अन्तर सदनात्मक खेलकुद र सास्कृतिक प्रतियोगिताहरु गरी अन्तर बिद्यालय सास्कृतिक कार्यक्रम समेत सम्पन्न गरेको थियो ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दौलत कुमार राइको अध्यक्षता र गाउपालिकाको अध्यक्ष समशेर राईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा बिद्यालयको बिकास र उन्नतीमा सकृय योगदान दिने बिभिन्न ब्याक्तिहरुलाइ सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुनेहरुमा सेवा निबृत्त शिक्षकद्धय मुक्तिनाथ गजुरेल र चन्द्रकान्त आचार्य ,तेक्वान्दोका प्रशिक्षकद्धय बुद्धिराज खवास र दिपक खवास, शितोरियो करातेका प्रशिक्षकहरु योगेश चाम्लिङ्ग, राम राई, तारा राई र नर बहादुर खवास, उत्कृष्ठ अभिभावक द्धय भक्त बहादुर खवास र नीरमाया राई,साथै १० औ राष्टपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी भएर  जिल्ला प्रथम हुने खेलाडीहरुलाइ प्रसंसा पत्र सहित सम्मान गरिएको थियो ।

बिद्यालयका प्रधानाध्यापक हिमेश्वर यादबले आ.ब २०७४।०७५ को आयब्याय सार्वजनिक गरिएकाे सो कार्यक्रममा जिल्ला शिक्षा समन्वय इलामका प्रमुख , रोङ शिक्षा शाखा प्रमुख लगायतले  शुभकामना मनतब्य राखेकाे  बिद्यालयका प्रधानाध्यापक हिमेश्वर यादबले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार