फाक्तेप युथ क्लब द्वारा फुटबल प्रतियोगिताको आयोजना

  युद्धबहादुर बोहोरा
0 Shares

पाँचथर : विजय दशमी तथा दिपावली २०७५ का अवसरमा फाक्तेप युथ क्लबको आयोजनामा फाल्गुनन्द-५ र मिक्लाजुङ-१,सिमाना हाङुरे खेलमैदानमा फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

पुरुष नकाआउट फुटबल प्रतियोगिता क्लबका अध्यक्ष पञ्चञकुमार चेम्जोङको अध्यक्षता र गाउँपलिका अध्यक्ष अमरकुमार नेम्वाङको प्रमुख आतिथ्यमा उद्घाटन तथा मिक्लाजुङ्ग गाउँपालिका अध्यक्ष अमरराज माखिमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

प्रतियोगितामा फिदिम युनाइटेड पाँचथरले ४-२ गोलको अन्तरले हराउँदै प्रथम स्थान हासिल गर्‍यो भने रानी गाउँ एफसि कुम्मायक हारको सामना गर्दै द्वितीय उपाधि प्राप्त गरेको थियो ।
कार्तिक ७ गते देखि संचालन भएको खेलमा जम्मा ३२ वटा टिमहरुको सहभागिता थियो।पिवासी फाक्तेप क्लबफुस्रो, एफसि कुम्मायक,ढुङ ढुङे मिक्लाजुङ र फिदिम युनाइटेड सेमिफाइनलमा प्रवेश गरेका थिए ।

प्रतियोगिता प्रथम पुरस्कर ८१ हजार एक सय ११ र द्वितीय पुरस्कर ४१ हजार एक सय ११ रुपैयाँ रहेको थियो।
विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि माखिमले प्रमाणपत्र,मेडल र ट्रफि प्रदान गरेका थिए।खेलका उत्कृष्ट खेलाडी मनोज गुरुङ र उत्कृष्ट गोलकिपर दिनेश राई घोषित भएका थिए ।

‘एकीकृत विकासको अभियान’ को लक्ष्य राखेको यस क्लबले गरिब परिवार,अग्नि पीडित,दैवीप्रकोप तथा विकास निर्माणमा सहयोग गर्दै हरेक वर्ष फुटबल खेलको आयोजना गर्दै आएको छ।
स्थानीयहरुको आर्थिक सहयोगमा खेल तथा अन्य सामाजिक कार्यहरुको अगुवाई गर्ने उदेश्यले दिपावलीको अवसरमा देउसीभैलो कार्यक्रम तय गरेको क्लब अध्यक्ष चेम्जोङले जानकारी दिए।
Get on facebook
युद्धबहादुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार