माइजोगमाई फुटबलको उपाधि महिलातर्फ देवान स्पोर्टिङ्ग र पुरुषतर्फ ज्ञानोदयलाई

   नरेन इलामेली
0 Shares

माइजोगमाई : माइजोगमाई फुटबल क्लबको आयोजनामा इलामको माइजोगमाई गाउँपालिका १ नयाँबजारमा जारी गाउँपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि महिलातर्फ देवान स्पोर्टिङ्ग क्लब नामसालिङ्ग‌ र पुरुषतर्फ ज्ञानोदय मावि जोगमाईले हात पारेको छ ।
सोमबार अमर कल्याण माविको खेल मैदानममासम्पन्न फाइनल खेलमा महिलातर्फको फाइन खेलमा देवान स्पोर्टिङ्ग क्लब नामसालिङ्ग‌ले ४-० गोल अन्तरले सरस्वती मावि सोयाङलाई पराजित गर्दै उपाधि हात पारेको हो । देवान स्पोर्टिङ्ग क्लबका लागि विना राईले २ गोल रस्मिता देवानले १ गोल र पूर्णिमा लिम्बूले १ गोल गर्दै ४-० को नतिजा निकालेका हुन् ।
त्यस्तै सोमबार नै सम्पन्न पुरुष तर्फको फाइनल खेलमा रेड डेविल्स नयाँबजारलाई १-० गोल अन्तरले पराजित गर्दै ज्ञानोदय मावि जोगमाईले उपाधि हात पारेको छ । पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफको १३ औँ मिनेटमा ज्ञानोदय मावि जोगमाईले अभिषेक राईले गोल गर्दै टीमलाई अग्रता दिलाए ।
अभिषेकको गोल नै जोगमाईमा लागि निर्यायक गोल बन्यो। उक्त प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुषतर्फ रेड डेविल्स नयाँबजारका सुनिल राई घोषित भए भने महिलातर्फको खेलको म्यान अफ द म्याच कुमारी राई घोषित भइन ।
महिलाहरुको १२ र १४ बर्ष मुनिका पुरुषहरुको ८ टीमको सहभागीता रहेको‌ सो प्रतियोगिताको पुरुषतर्फ विजेतालाई नगद ९ हजार र उपविजेताले नगद ६ हजार तथा महिलातर्फको विजेतालाई ११ हजार र उपविजेतालाई नगद ९ हजार सहित आकर्षक ट्रफी मेडल र प्रमाण प्रदान गरिएको आयोजक समितिका सञ्जिव थामीले नयाँ बुलन्द लाई जानकारी दिए ।
खेल माइजोगमाई फुटबल क्लबका अध्यक्ष प्रविण राईको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष जीत बहादुर राइको प्रमुख आतिथ्यता सम्पन्न भएको हो।
 NAREN 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार