भूपेन्द्रको ‘जूनकिरी’ मा प्रतापको गायकी

  नयाँ बुलन्द  134 पटक हेरिएको

काठमाडौं : गीतकार भूपेन्द्र न्यौपानेले ‘जूनकिरी’ बोल गीतको भिडियो दर्शकमाझ ल्याएका छन् । नेपाल आइडलबाट चर्चित गायक प्रताप दासले यसमा स्वर दिएका छन् । शंकर थापा ‘स्माइल’ले संगीत भरेका छन् ।

काजिस श्रेष्ठको निर्देशन रहेको भिडियो विन्ध्यवासिनी म्युजिकले हालै युट्युबमा अपलोड गरेको छ । काजिस र अञ्जली अधिकारीले अभिनय गरेका छन् ।

झापा तोपगाछीका न्यौपाने अमेरिकाको टेक्सासमा बस्दै आएका छन् । यसअघि ‘अरूसँग’ बोलको गीत सार्वजनिक गरेका उनले ‘जूनकिरी’ एल्बम ल्याउने तयारी गरेका छन् ।

भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार