देउकृष्णको ‘सम्झे तिमीलाई’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं : नेपालीहरुको प्रमुख चाडपर्वहरु मध्येको एक महत्वपूर्ण पर्व हो तिहार । विशेष गरि तिहारलाई चेलीमाइतीको सम्बन्ध सुद्धृढ गर्ने एउटा पर्वको नामले पनि चिनिन्छ । प्रत्येक वर्ष मनाइने तिहारमा चेलीको हातबाट माइती (दाजु, भाई) लाई भाई टिका लगाइ दिने पुरानो प्रचलन आज सम्म पनि जिवितै छ ।

घर परिवारबाट बाहिर वसेर तिहारमा विभिन्न कारणवश घर फर्कन नपाएका माइतीहरु र दाजुभाईसँग टाढा रहेका चेली (दिदी बहिनी) हरु विचको सम्झना कस्तो होला ? वुवा आमा सँगै घरमा छाडेर बाहिरीका भाईहरु तिहारमा दिदिको हातबाट टिका लगाउन घर फर्कन नपाउदा ति माइतीहरुको मन कस्तो होला ? हो पिडा हामी सबैले सजिलै महशुस गर्न सक्छौ ।

हामी प्रशंग जोड्दैछौ पछिल्लो समय देउकृष्ण देवानद्वार निर्देशित तिहार गीत (सम्झे तिमीलाई) को । यो गीत बिहीबार युटुवमा सार्वजनिक भएको छ । ललीतपूर जिल्लाको गोदावारी नगरपालिकाका विभिन्न रमणीय ठाउँहरुमा छायाँकन गरिएको यो गीतमा जीवन लिम्बू र कल्पना लिम्बूको मुख्य भूमिका रहेको छ ।

गीतमा धन बहादुर देवार र वाल कराकारद्वोय समिक्षा देवान र लिङहाङ देवानको पनि भूमिका रहेको छ । तिहारको समयमा एउटा भाई काम गर्ने घरको साहुले घर नपठाउदा ति भाईले दिदी बहिनीलाई कत्ति सम्झन्छ भन्ने भावनालाई यस गीत मार्फत उजागर गर्न खोजिएको छ ।

यो गीतमा रुपक जीमीको स्वर, रुप कुमार राईको संगीत, नर्वू शेर्पाको एरेन्ज, इश्वर चाम्लिङको शव्द रहेको छ । गीतको छायाँकन युवराज राई (विरबहादुर) ले गरेका हन् ।

भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार