झापामा सुविधासम्पन्न अस्पताल खुल्ने क्रम बढ्दै

झापा : व्यापारिक केन्द्रका रुपमा रहेको प्रदेश १ अन्तर्गतको झापामा पछिल्लो समय सुविधासम्पन्न अस्पताल खुल्ने क्रम बढ्दै छ ।

झापासहित आसपासका जिल्लाका विरामी अन्यन्त्र जानुपर्ने बाध्यता हटेपछि धेरैले राहतको महसुस गरेका छन् ।

पहिले–पहिले राम्रो उपचारका लागि कि त राजधानीमै धाउनुपर्ने या भारतका विभिन्न अस्पताल चहार्नुपर्ने बाध्यतामा रहेका झापा आसपास जिल्लाका बासिन्दालाई बिस्तारै त्यो बाध्यताले छाड्न थालेको छ ।

जिल्लाको विर्तामोड, काँकडभिट्टा, भद्रपुर, दमकलगायतका क्षेत्रमा सुविधासम्पन्न अस्पताल संचालन हुन थालेसँगै यस क्षेत्रका नागरिकले राहतको महसुुस गरेका छन् ।

सरकारी तथा निजी गरी ७० वटा स्वास्थ्य संस्था जिल्लामा रहेपनि बेड क्षमताको अनुमति लिएर संचालन भएका स्वास्थ्यसंस्था २७ वटा मात्र रहेको जनस्वास्थ्य कार्यालय झापाको तथ्यांक छ ।

अहिले झापामा २७ वटा अस्पताल संचालनमा रहेका छन् । जुन पाँचदेखि ३ सय वेड क्षमतासम्मका  छन् । झापामैै गुणस्तरीय अस्पताल खुल्दा अन्य जिल्लासहित भारत जानुपर्ने बाध्यता हटेको बिरामीको भनाइ छ ।

आसपासका ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम जिल्लाबाट एकैदिनमा झापामा पुग्न सकिने भएकोले झापामा अस्पतालको संख्या बढेको हो ।

यससँगै यहाँका अस्पतालले कम मूल्यमै गुणस्तरीय उपचार गर्ने भएकोले प्रदेश १ का सबै जिल्लाबाट उपचारका लागि आउने गरेको अस्पताल संचालकको दाबी छ ।

सामान्यदेखि जटिलसम्ममका करिब सबै रोगको उपचार हुन थालेपछि झापामा उपचारका लािग आउनेहरुको घुँइचो नै देखिन्छ ।

२०६१ सालमा डाक्टर सीपी यादवको सक्रियतामा कञ्चनजङ्घा अस्पताल स्थापनापश्चात् झापामा निजी एवम् सामुदायिक अस्पताल खुल्ने क्रम बढिरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार