अमेरिकाले आप्रवासीको प्रवेश रोक्न हजारौं सेना परिचालन गर्ने

  नयाँ बुलन्द  68 पटक हेरिएको

काठमाडौं : अमेरिकाले मेक्सिकोसँगको उत्तरी सीमाबाट आप्रवासीको प्रवेश रोक्न हजारौं सेना पठाउने भएको छ ।

अमेरिकी रक्षा मन्त्रालाय पेन्टागनले मध्य अमेरिकी आप्रवासी रोक्न ५ हजार २ सय सेना पठाउने जनाएको छ ।

अमेरिकाले सीमामा खटाउन लागेको सेनाको संख्या सिरिया र इराकमा तैनाथ अमेरिकी सेनाको संख्याभन्दा धेरै रहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई सीमामा सेनाले कुरेर बसिरहेको बताएका छन् । गत अप्रिल यता मेक्सिकोसँगको सीमामा अमेरिकाले २१ सय नेसनल गार्ड परिचालन गरिसकेको छ । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा सेना परिचालन गरेर भए पनि आप्रवासी रोक्ने बताइसक्नु भएको थियो ।

गत राष्ट्रपतीय चुनावमा अमेरिकी राजनीतिक दलहरु आप्रवासीको मुद्धालाई लिएर विभाजित थिए । ट्रम्प आप्रवासी रोक्नुपर्ने पक्षमा उभिनु भएको थियो ।(एजेन्सी)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार