माङसेबुङ गाउँपालिकाले गर्‍यो अधिकृत पौडेल र नासु राउतको विदाई (फोटो फिचर)

इभाङ : इलामको माङसेबुङ गाउँपालिकाले गाउँपालिकामा सेवा गरी सरुवा भई गएका दुई कर्मचारीलाई विदाई गरेको छ ।

गाउँपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेल र नायब सुब्बा चन्द्रबहादुर राउतलाई विदाई गरेको हो । सुनसरीको इटहरी उपमहानगरपालिका सरुवा भएका पौडेल र इलामको देउमाई नगरपालिका सरुवा भएका राउतलाई गाउँपालिकाले सम्मान सहित विदाई गरेको हो ।

उनीहरुलाई गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गो र उपाध्यक्ष सुनिता सुब्बासहित जनप्रतिनिधि, राजनैतिक दल तथा माङसेबुङबासीले सम्मानसहित विदाई गरेका थिए ।

कार्यक्रममा वक्ताहरुले गाउँपालिकामा रहेर पौडेल र राउतले गरेको योगदानको चर्चा गर्दै आगामी दिनमा समेत थप सफलताको शुभकामना दिएका थिए ।

पौडेल माङसेबुङ गाउँपालिका स्थापना भएपछि केही समयपछि प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका थिए भने राउत गाउँपालिका स्थापना हुनुअघि इभाङ्ग गाविसका सचिव थिए ।

यसैबीच आइतबार नै माङसेबुङ गाउँपालिकामा आएका प्रमुख प्रशासकीय अधिकृत लालबहादुरलाई स्वागत समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार