नेकपाको आज चियापान कार्यक्रम

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा आज चियापान कार्यक्रम गर्दै छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रम अपराह्न ५ बजेसम्म चल्ने नेकपाले जनाएको छ ।

चियापान कार्यक्रममा सहभागी हुन ५० हजारलाई निम्ता पठाइएको बताइएको छ ।

कार्यक्रममा राजनीतिक दलका शीर्ष नेता, संवैधानिक निकायका पदाधिकारी, नागरिक समाजका अगुवा, कूटनीतिज्ञ तथा विकासका साझेदारहरुलाई निमन्त्रणा गरिएको छ ।

चियापान कार्यक्रमले राज्यका सबै पक्ष, संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, कूटनीतिक क्षेत्र तथा विकासका साझेदार पक्षबीचमा एकता र आपसी विश्वास अभिवृद्धि गर्ने विश्वास लिइएको नेकपाले जनाएको छ ।

कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि तीन सय स्वयंसेवक परिचालन गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार