प्याङ प्राथमिक स्वास्थ्य केन्द्रमा विरामीको चाप बढ्यो

माइजोगमाई : इलाम माईजोगमाई ६ प्याङमा अवस्थित एक मात्र प्राथमिक स्वाथ्य केन्द्रमा दशैसँगै बिरामीको चाप बढेको छ ।

दशैं विदामा ३ जना डाक्टर र अन्य कर्मचारी घर गएको र एक जना अहेब दिलिप उर्बर मात्र रहेकोले बिरामीको उपचार हेरचाह गर्न समस्या भएको उनले बताए ।

भाइरल हैजा तथा अन्य विभिन्न प्रकारको रोगी दैनिक २० देखि २५ जना उपचार गर्न आउने गरेका छन् । यसरी बिरामी बढेकोले सातादेखि राम्रो खाना र सुत्न नपाएको उनको भनाइ छ । ‘मध्यरातमा पनि उनको फोनको घन्टी निरन्तर बजिरहन्छ, निदाउने बेला भयो फोनको घण्टी बज्न थालिहाल्छ । त्यसैले खासै सुत्न पनि पाइएको छैन ।’ उनले बताए ।

१५ जना दरबन्दी रहेको प्राथमिक स्वाथ्य केन्द्रमा दशैं बिदाले सबै कर्मचारी घर गएको कारण एक जना अहेबको भरमा भएकोले सबै बिरामीलाई सेवा दिन समस्या भएको हो । चाडवाडमा धेरै चिल्लो र गुलियो पदार्थ खाने भएकाले पनि दैनिक बिरामी बढ्न थालेको अहेब दिलिप उर्बर बताउँछन् ।

प्राय: आधा कर्मचारी तिहारपछि मात्र आउने हुँदा अझ १ महिना सेवा पुर्याउन समस्या हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार